ओली र प्रचण्डबीच अालाेपालाे प्रधानमन्त्रीमा समझदारी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2018 | 02:31:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडी बढाउने भएको छ। भर्खरै सकिएको एमाले स्थायी समितिको बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडी बढाउने निर्णय गरेको एमाले नेताले जानकारी दिए।

एमाले अध्यक्ष ओलीले बैठकमा प्रचण्डसँगको वान टु वान वार्ताबारे ओलीले व्रिफिङ गराएका थिए। आलोपालाे सरकारको नेतृत्व गर्ने विषयमा समझदारी जुटेपनि कसले पहिले नेतृत्व गर्ने भन्ने बारे सहमति जुट्न बाँकी नै रहेको एमाले नेताले बताए। 

आजै बस्ने ओली र प्रचण्डको वान टु वान वार्ता पछि बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा सरकारको नेतृत्व कसले पहिला गर्ने भन्ने विषयमा छलफल हुने भएको छ।       

पार्टी एकता लगायतका विषयमा अहिले बस्ने ओली प्रचण्डबीचको बैठक र त्यसलगत्तै बस्ने संयोजन समितिको बैठकले कसले पहिले नेतृत्त्व गर्ने भन्ने बिषय पनि टुंग्याउने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved