दुई बाम एक ठाम: सरकार गठनका लागि एमाले र माओवादीबीच ७ बुँदें सहमति!

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2018 | 05:45:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकाल प्रचण्डबीच पटक पटक भएको छलफल र वार्ताबाट पार्टी एकताको खाका तयार गरिएको छ।

ललितपुरस्थित एक उद्योगी शरदप्रसाद अधिकारीको घरमा भएको पछिल्लो २ घण्टा लामो छलफलबाट पार्टी एकताको खामामा सहमति भएको थियो। पार्टी एकताको खाकाबारे ओलीले आकस्मिकरुपमा सोही निवासमा पार्टी स्थायी समितिको बैठक बोलाएर व्रिफिङ गरे भने प्रचण्डले आफ्नो निवास खुमलटारमा पार्टीका नेताहरुलाई थाहा दिए ।  

ओली र प्रचण्डबीचको 'हेड टू हेड' वार्तामा यस खाकाबारे गहन छलफल जारि छ। बैठकले एकताको अन्तिम खाका तयार पार्दैछ ।   यसरी हुँदै छ माओवादी र एमालेको पार्टी एकतामा सहमति

१ एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समान हैसियतमा हुने । प्रचण्ड कार्यकारी अधिकारसहित अध्यक्ष हुने छन भने ओली प्रधानमन्त्री हुने भएकाले सेरेमोनियल अध्यक्ष रहने छन् ।

२ अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सुरुकै सहमति अनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा सयम ( साढे २ वर्ष ओली र साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने छन्।

३ एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने

४ एकीकृत पार्टीका राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवादलाई रहने

५ एकता महाधिवेशनसम्म पार्टीको कार्यदिशाका विषयमा समाजवाद उन्मुख कार्यदिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने ।

६ दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने । एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने ।

७ राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई ।

यी बुँदालाई विस्तृत रुपमा लिपिबद्ध गर्दै एकताको अन्तिम खाका तयारमा एकता संयोजन समितिमा छलफल भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved