कालोधनको बिषयमा फेरियो ओलीको बोलि (भिडीयो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 16, 2018 | 09:59:35 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका केपी शर्मा ओलीले कालोधनका बिषयमा आफ्नो पुरानो बोलि फेरेका छन। बिहिबार साँझ पदबहाली गर्दै ओलीले भ्रष्टाचार नियन्त्रण आफ्नो उदेश्य रहेको भन्दै कालोधनको पक्षमा आफु र आफ्नो सरकार नरहेको स्पष्ट पारेका छन। 

बिगतमा फरक प्रसंगमा बोलेको कुरालाई गलत तरिकाले प्रस्तुत गरिएको आरोप लगाउदै प्रधानमन्त्री ओलीले 'भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने कुरा मात्रै होइन कार्यान्वयन गर्ने हो,भ्रष्टाचारमा भेदभाव र संरक्षणको कुनै कुरा हुन सक्दैन, भ्रष्टाचार नियन्त्रण मेरो उद्देश्य हुनेछ' भने।

नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरुसंगको माघ १५ गतेको बधाई तथा शुभकामना भेटमा प्रधानमन्त्री ओलीले बाम सरकारले मनी लाउण्डरिङ (सम्पत्ति शुद्धीकरण) सम्बन्धी नीतिमा परिर्वतन गर्न सक्ने संकेत गरेका थिए। 

ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा हाल नेपाल सरकारले लिइरहेको नीतिमा कमजोरी रहेको उदाहारण प्रस्तुत गर्दै अण्डरग्राउण्ड मनी बाहिर ल्याउन राज्यले सहयोगी भूमिका निभाउनु पर्ने बताएका थिए। सरकारको नीति 'मुसा निस्कने दुलोमा पाँसो थापे जस्तो' भएको प्रतिक्रिया दिएका थिए।   कर लिएर एउटा कट अफ प्वाइन्टलाई आधार मानेर अण्डरग्राण्ड मनीलाई शुद्धीकरण हुन दिनु पर्ने उपाय समेत दिएका ओलीले प्रधानमन्त्री बनेपछि आफ्नो बोलि फेर्दै आफ्नो सरकार कालोधनको पक्षमा नरहेको स्पष्ट पारेका हुन। 

एमाले नेतृत्त्वको सरकार लोकतन्त्रको पर्यायवाची भएको दाबि गरेका प्रधानमन्त्री ओलीले कालोधनको बिषयमा कुरा फेरे पनि कस्तो व्यवहार देखाउनेछन यसका लागि भने केहि दिन कुर्नै पर्ने हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved