सेन्चुरी बैंक र महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, यहाँबाट आबेदन दिनुहोस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 18, 2018 | 11:45:22 AM मा प्रकाशित

laxmi  sunrise bank

कान्छो बाणिज्य बैंकको रुपमा संचालनमा आएको सेन्चुरी बैंक र आफुलाई २९ औं बाणिज्य बैंकको दाबि गर्ने महालक्ष्मी विकास बैंकले ठुलो संख्यामा रोजगारीको लागि आबेदन माग गरेका छन। दुवै बैंकले विभिन्न पदका लागि २६० जना भन्दा बढीलाई रोजगारीका लागि आइतबार आबेदन खुला गरेका छन।

दुवै बैंकले शाखा प्रवन्धकदेखि ट्रेनी समेतलाई गरि आबेदन माग गरेका छन। सेन्चुरीले विभिन्न तहका लागि २१४ जना र महालक्ष्मीले करिब  ५० जनाको संख्यामा रोजगारीको लागि आबेदन माग गरेको छ।  

सेन्चुरी कमर्शियल बैंक

सेन्चुरीले सहायक प्रवन्धकमा २, वरिष्ठ अधिकृत १३, अधिकृत २३, सहायक अधिकृत ३६, सुपरभाइजर १८, वरिष्ठ सहायक २४ सहायक अपरेसन इनचार्ज ४, म्यानेजमेन्ट ट्रेनी १९ र ट्रेनी सहायक ७५ गरि करिब २१४ जनालाई रोजगारी दिने भन्दै आबेदन माग गरेको हो। 

सहायक ट्रेनीका लागि राजधानी र बाहिर गरि दुवै क्षेत्रमा जानुपर्ने बैंकद्वारा जारि 'रोजगारीको सूचना' मा उल्लेख छ। इच्छुकले फागुन १३ गतेसम्म आबेदन दिनुपर्नेछ। दरखास्त मेरो डटकममा गएर दिन सकिनेछ। 

महालक्ष्मी विकास बैंक 

महालक्ष्मीले केही शाखा प्रवन्धक र सुपरभाइजरका लागि दरखास्त मागेको छ। साथै बैंकले बैन्कासुरेंस अधिकृत १ जना, बजार अधिकृत १, म्यानेजमेन्ट ट्रेनी २०, जुनियर सहायक केही र कार्यलय सचिव गरी करिब ५० जनाका लागि आबेदन माग गरेको छ। 

दरखास्त दिने अन्तिम मिति आउदो मार्च ४ गतेसम्म तोकिएको छ । काठमाडौं र उपत्यका बाहिर दुर्गम जिल्लाका लागि जागिर खुलाएको हो । अनुभवीलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved