राष्ट्रिय सभामा देउवाले सिफारिश गरेका तीनै जनाको नाम ओली सरकारद्वारा फिर्ता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 19, 2018 | 09:01:38 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सभा सदस्यका लागि शेरबहादुर देउवाको सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका तीन जनाको नाम ओली सरकारले फिर्ता गरेको छ। आइतबार साँझ बसेको ओली नेतृत्त्वको दोस्रो मन्त्रिपरिषदको बैठकले देउवा सरकारले सिफारिश गरेका तीनै जनाको नाम फिर्ता लिने निर्णय गरेको हो। 

अघिल्लो सरकारले गरेका सिफारिस राष्ट्रपति बिद्यादेबी भण्डारीले अध्ययन गरिरहेका बेला ओली नेतृत्त्वको सरकारले फिर्ता लिने निर्णय गरेको जनाइएको छ। देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम राष्ट्रिय सभा सदस्यका लागि सिफारिश गरेको थियो।     

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ जना चुनावबाट निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved