राष्ट्रपतिद्वारा संघिय संसदको पहिलो अधिवेशन आब्हान

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 19, 2018 | 10:07:38 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति बिद्यादेवी भण्डारीले संघिय संसदको पहिलो अधिवेशन आब्हान गरेकी छिन। मन्त्रिपरिषद्को सिफारिशमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम यहि फागुन २१ गते संसद अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

संघीय संसदको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने छ। प्रतिनिधि सभाको चुनाव भएको ३ महिना र राष्ट्रिय सभाको चुनाव भएको झन्डै महिना दिनपछि संघीय संसदको बैठक बस्न लागेको हो।

प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त रुपमा संघीय संसद भन्ने गरिन्छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन गर्ने कार्यतालिका छ। त्यसैले त्यसको चार दिनअघि नै संसद अधिवेशन आह्वान भएको हो ।

  


   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved