उपेन्द्र यादव पनि बालुवाटारमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 19, 2018 | 08:16:07 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बाहिरिएका छन। नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक सुरु भएलगत्तै सुटुक्क बालुवाटार प्रवेश गरेका यादव बैठकमा ४० मिनेट बसेर बाहिरिएका छन। 

एमाले नेता अग्नी खरेलको गाडीमा आएका यादब प्रधानमन्त्री निवासको दायाँतर्फको ढोकाबाट सुटुक्क भित्र छिरेका थिए। एमाले माओवादी नेताहरुको बैठकमा सहभागी भएर यादव खरेलकै गाडीमा फर्किएका हुन्। 

यादबलाई सञ्चारकर्मीबाट लुकाउन ढोकासम्मै गाडी पुर्याएर रिसिभ गरिएको थियो। यादवलाई लुकाएर बालुवाटारबाट फर्काएपछि त्यहाँ उपस्थित सञ्चारकर्मीले ‘छापामार शैलीमा भगाएजसरी लगियो’ भन्दै गुनासो गरेका छन्।

अहिले एमाले माओवादी एकता संयोजन बैठक जारी छ। बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेता सहभागी छन्।

उपेन्द्र यादव चढेको गाडी बालुवाटारको दायाँतर्फको ढोकामा । तस्बिर : अशोक दाहाल

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved