प्रहरीको खोजीमा रहेका सिलवाल बालुवाटारमा भेटिए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 19, 2018 | 08:37:52 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले ब्यापक खोजि गर्दा पनि पक्राउ पर्न नसकेका पूर्वडिआईजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद नवराज सिलवाल प्रधानमन्त्री निवास बालुवाटारमा भेटिएका छन। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक सुरु हुनु पुर्व सिलवाल प्रधानमन्त्री  केपी शर्मा ओलीलाई भेट्न सोमवार साँझ बालुवाटार पुगेका हुन। सिलवाललाई ओली नेतृत्वको सरकारमा सम्भावित मन्त्रीका रुपमा पनि हेरिएको छ। 

आईजीपीमा बढुवाका लागि कीर्ते कागजात पेश गरेको अभियोगमा सिलवाललाई प्रहरीले लामो समयदेखि खोजिरहेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा सिलवाललाई पक्रन प्रहरीको ठुलो टोली ललितपुरका गोदावरीसहितका क्षेत्रमा परिचालित गरिएको थियो । 

तर उनी पक्राउ पर्न सकेनन। जस कारण उनीमाथि मुद्दा चलाउने देउवा सरकारको प्रयास पनि विफल भएको थियो । देउवा सरकारमा रहंदा सम्म अर्धभूमिगत अवस्थामा रहेका उनि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएसँगै बालुवाटारमै देखा परेका हुन।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved