एमाले-माओवादी एकता सहमतिमा हस्ताक्षर (भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 19, 2018 | 09:55:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको लिखित सहमति भएको छ। सोमबार सांझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले ७ बुंदे सहमति गर्दै दुई कम्युनिष्ट पार्टी एकीकरण गरेको हो। 

दुबै दलका अध्यक्षले हस्ताक्षर गरेको सात बुँदै सहमतिमा पार्टीको नाम 'नेपाल कम्युनिष्ट पार्टी' रहने र पार्टीको निर्देशक सिद्धान्त 'मार्क्सवाद लेनिनवाद' रहने उल्लेख छ।

यसअघि एमाले अध्यक्ष केपी ओ‌ली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत दलको नेतृत्व संयुक्त रुपमा गर्ने सहमति भएका विवरणहरु आएका थिए। तर एकीकृत पार्टीको अध्यक्ष को हुने भन्नेबारे भने सहमतिमा केही उल्लेख गरिएको छैन। 

पार्टी एकताका लागि सहमति भएका बुँदाहरु

दुवै दलको वीचमा एकीकरणका प्रारम्भिक आधारहरु

१)एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।

२) पार्टीको निर्देशक सिद्दान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।

३) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने छ ।

४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित (गर्दै समाजवादको आधार निमार्ण) गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।

६. महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षहरुद्वारा आलोपालो प्रणालीबाट गरिने छ र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ । (नोट- अध्यक्ष प्रचण्डको आधिकारिक वेबसाइट सिएम प्रचण्डमा सार्वजनिक जेन्टलमेन्ट सहमति)

तर लिखित सहमतिमा बुँदा नम्बर ६ मा यस्तो छ 

६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रीयता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिनेछ ।

७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved