अबकाे बैठक अालापालाे-प्रचण्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 19, 2018 | 10:25:10 PM मा प्रकाशित

laxmi  sunrise bank


नेकपा एमाले र माओवादी केन्द्रबीच मंगलबार राति भएको सातबुंदे सहमतिपत्रमा दुई कम्युनिष्ट दलबीच पार्टी एकीकरणको लिखित सहमति भएको छ। 

दुबै दलका अध्यक्षले हस्ताक्षर गरेको सात बुँदै सहमतिमा पार्टीको नाम 'नेपाल कम्युनिष्ट पार्टी' रहने र पार्टीको निर्देशक सिद्धान्त 'मार्क्सवाद लेनिनवाद' रहने उल्लेख छ। तर एकीकृत पार्टीको नेतृत्त्व र सरकार संचालनबारे केहि उल्लेख छैन। यद्दपी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीमा 'दुवै संयुक्त अध्यक्ष' रहने बताएका छन। 

बैठकपछी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका अध्यक्ष दाहाललाई पत्रकारहरुले 'एकीकृत पार्टीको नेतृत्त्वबारे भएको सहमति के हो' भनि सोधे। जवाफमा अध्यक्ष दाहालले 'दुवै अध्यक्षकै रुपमा रहने छन्, यो कुरा स्पष्टै छ' भने। 

अध्यक्ष दाहालले पार्टीको आगामी बैठकदेखि नै 'आलोपालो अध्यक्षता गर्ने' सहमति भएको पत्रकारहरुसंगको कुराकानीमा जानकारी दिएका छन। तर यसबारे ७ बुंदे सहमतिपत्र मौन छ। 

अध्यक्ष दाहालले प्रश्नको जवाफ दिईनसक्दा पत्रकारहरुले 'सरकार पनि पहिले सुन्नमा आएजस्तै आलोपालो हो' भनेर सोधे। अध्यक्ष दाहालले 'हाँस्दै' 'पार्टी एक भैसक्यो, सरकारमा सहभागिताको कुरा पनि भईहाल्छ ' भन्ने जावफ दिए। 

दुई कम्युनिष्ट पार्टी एक गर्ने र त्यस पार्टीको प्रमुख सिद्दान्त के राख्ने भन्नेमा केन्द्रित ७ बुंदे सहमतिपत्र पार्टी नेतृत्त्व, महाधिवेशनको मिति , सरकारमा सहभागिता लगायतका बिषयमा मौन देखिएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved