सरकारद्वारा राष्ट्रिय सभा सदस्यमा तीन जनाको नाम सिफारिस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 07:29:57 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको सरकारले राष्ट्रिय सभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो। 

राष्ट्रिय सभा सदस्यका लागि ओली नेतृत्त्वको सरकारले तीन जना नयाँ सदस्यको नाम सिफारिस गरेसंगै देउवा सरकारले सिफारिस गरेका तीन जनाको नाम रद्द भएको छ ।

शेरबहादुर देउवाको सरकारले सिफारिस गरेका तीन जनाको नाम ओली सरकारले फिर्ता गरेको हो। आइतबार साँझ बसेको ओली नेतृत्त्वको दोस्रो मन्त्रिपरिषदको बैठकले देउवा सरकारले सिफारिश गरेका कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम नाम फिर्ता लिने निर्णय गरेको हो। 

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ जना चुनावबाट निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved