विप्लव बन्दको प्रभाब: काठमाडौंमा सामान्य, अरु जिल्लाको अवस्था के छ ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 09:17:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले आह्वन गरेको नेपाल बन्दको आंशिक असर देखिएको छ। काठमाडौं उपत्यकामा अन्य दिनको तुलनामा कम गाडी चलेका छन। पसलहरु बिहानैदखि खुलेपनि अधिकांश बिद्यालयहरु बन्द भएका छन।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले सामान्य रुपमा गाडी चलिरहेको जानकारी दिएको छ । बिहान १०.४५ सम्म अवस्था सामान्य रहेको र कुनै अप्रिय घटना बिना नै गाडीहरु चलिरहेको ट्राफिक प्रहरी प्रवक्ता मुकुन्द मरासिनीले बताएका छन।   

काठमाडौंमा बन्दको आंशिक प्रभाब देखिएपनि राजधानी बाहिर भने बन्दको प्रभाब देखिएको छ। विप्लव कार्यकर्ताले देशका अधिकांश ठाउँमा सोमबार राति मसाल जुलुस समेत निकालेपछी स्थानीयहरुमा बन्दको प्रभाब देखिएको हो।

धादिङ सदरमुकाममा फाट्टफुट्ट रुपमा पसलहरु खुलेको र सवारीका साधनहरु चलेको भएपनि सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन पुरै बन्द छन्। 

सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन पुरै बन्द हुँदा त्यसको प्रभाब राजधानी जोड्ने पृथ्वीराजमार्गमा परेको छ। राजमार्ग भएर गुड्ने सवारीका साधनहरु थोरै संख्यामा चलेको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ।  

राजमार्ग क्षेत्रमा गुडेका सवारी साधनहरुलाई १५-२० वटाको समुह बनाइ राजमार्ग क्षेत्रका प्रहरी युनिटहरुले स्कर्टिङ गरेको प्रहरी कार्यालय गजुरीले जनाएको छ। 

नेपालको पर्यटन नगरी पोखरामा बन्दको प्रभाब देखिएको छ। सधैं ब्यस्त रहने पोखरा शहर बन्दको कारण सुनसान देखिएको स्थानीयले जानकारी दिएका छन। पृथ्वी राजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्धार्थ राजमार्गमा जोडिएको पोखरामा फाट्टफुट्ट गाडी चलेको बताइएको छ।  

त्यस्तै गोरखा सदरमुकाम लगायतका ठाउँहरुमा बन्दको प्रभाब देखिएको छ। बिल्लव कार्यकर्ता कहीं कतै नदेखिएपनि गोरखा सदरमुकाममा यातायात, कार्यालय र पसल बन्द भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारिले जानकारी दिए। 

देशका अधिकांश ठाउँहरुमा बन्दको आंशिक र पूर्ण प्रभाब पर्दा धनुषाको जनकपुरधाममा बन्दको प्रभाव परेको छैन । यातायातका साधनहरु अन्य दिनको झैँ सामान्य रुपमा चलिरहेका छन। त्यहाँका निजी विद्यालयहरु बन्द भए पनि सरकारी विद्यालयहरु भने खुलेका छन् । 

त्यस्तै पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलिरहेका छन् । वीपी राजमार्गमा छोटो दुरीका सवारी साधन चले पनि बर्दिवासबाट काठमाडौंतर्फ आउने गाडी नचलेको बताइएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved