बुढीगण्डकी परियोजना फेरी चीनलाई नै फिर्ता गर्ने ओलीको तयारि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 01:16:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत् आयोजना चिनिया कम्पनीलाई नै फिर्ता गर्ने संकेत गरेका छन। देउवा सरकारले भारतको दबाब थेग्न नसकेपछि स्वदेशी लगानीमा नै निर्माण गर्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई बुढी गण्डकी निर्माणको जिम्मा दिएको थियो।  

गत बिहिबार प्रधानमन्त्रीमा चुनिएपछी साउथ चाइना मर्निङ पोस्टसंगको अन्तर्वार्तामा ओलीले राजनीतिक दबाबकै कारण कुनै पनि परियोजनाहरु बिथोलिन नहुने बताए। उनले भने 'समयानुकूल छिमेकीसंगको सम्बन्ध अपडेट हुनुपर्छ, त्यसमा पनि जलबिद्युत आयोजना निर्माण हाम्रो मुख्य प्राथमिकता हो, त्यसैले बुढीगण्डकी परियोजनालाई फेरी ब्यूँझाउछौं।’

गत जुनमा प्रचण्ड नेतृत्त्वको सरकारले अन्तिम समयमा चीनको गेजुवा कम्पनीलाई बुढीगण्डकी परियोजनाको लागि ड्याम बनाउने जिम्मा दिएको थियो। तर भारतको चर्को दबाब झेल्न नसकेपछि देउवा सरकारले उक्त निर्णयबाट पछि हटेको थियो।

अन्तर्वार्ताको क्रममा प्रधानमन्त्री ओलीले नेपालमा पेट्रोलियम पदार्थको प्रयोग बढिरहेकोमा तुरुन्तै जलबिद्युत आयोजना निर्माण गरि पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्न आवश्यक रहेको बताएका छन।

साउथ चाइना मर्निङ लेख्छ, 'नेपाल पेट्रोलियम पदार्थको लागि भारतमा निर्भर छ, पछिल्लो पांच बर्षमा पेट्रोलियमको आयात ५ गुणाले बढेको छ, जस कारण गत आर्थिक बर्ष नेपालको भारतसंगको ब्यापार घाटा ६ अर्ब डलर पुगेको छ, जुन नेपालको कुल ब्यापार घाटाको करिब ८० प्रतिशत हो।'

ठुला आयोजना संचालन गर्न नेपाल दुई ठुला छिमेकि राष्ट्र चिन र भारतको दबाबमा रहने समाचारमा विश्लेषण गरिएको छ। भारतका दुई कम्पनि  जीएमआर र एसजेभीएन तथा चीनको थ्री गर्जेज कर्पोरेशनले अर्को ड्याम निर्माणका लागि नेपाललाई प्रस्ताब पेश गरिसकेको समेत समाचारमा उल्लेख गरिएको छ। 

चुनावी प्रचार प्रसारमा भारत बिरोधि अभिव्यक्ति दिएर स्थानीय निर्वाचनमा भारि मत सहित बिजयी बनेका ओली सरकारमा आएलगत्तै दुवै छिमेकी मुलुकसंगको सम्बन्धमा सन्तुलित देखिएको विश्लेषण गरिएको छ।

अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले पूर्वाधार तथा जलबिद्युत आयोजना निर्माणसंग संगै नेपाल चीनसँग 'साइबर कनेक्टिभिटी'मा समेत काम गर्न चाहेको बताएका छन। समाचारमा उल्लेख छ, 'त्यसै अन्तर्गत ओलीले गत वर्षनै केरुङ रसुवागढी नाकाबाट अप्टिकल फाइबर बिछ्याएर चीनसँग सहकार्य सुरु गरी भारतसँगको साइबर एकाधिकार तोडेका हुन।'

अन्तर्वार्ताका क्रममा ओलीले पूर्वाधार र प्रविधिको विकास नै चीनसंगको सम्बन्ध निकट बनाउने 'बलियो आधार' भएको बताएका छन। चीनले आफ्नो रेलवे संजाल सिगात्से हुँदै केरुङसम्म ल्याएपछि नेपालमा पनि त्यसको बिस्तार गर्न सजिलो हुने ओलीको भनाई रहेको समाचारमा उल्लेख  छ। 

अन्तर्वार्तामा ओलीले भनेका छन 'नेपाल र चीनबीचको निकटता बढाउन अन्य तीनवटा सडक बनिरहेका छन् र केही वर्षमै ति सडकहरु निर्माण सम्पन्न हुनेछन, चीनको रेलवे संजाललाई पूर्वपश्चिम रेल परियोजनामा जोड्न सकियो भने नेपाल चीन र भारतबीचको ब्यापार सम्बन्धमा क्रान्ति नै आउँछ।'

अन्तर्वार्ताको क्रममा ओलीले भारतसंग जोडिएका बिभिन्न मुद्दाहरुमा आन्तरिक तथा द्रिपक्षीय छलफल आवश्यक रहेको बताएका छन। भारतीय सेनाको रुपमा २५ हजार नेपाली रहेको र अन्य २० हजार नेपाली भारतीय प्रहरी तथा सुरक्षा दस्तामा रहेकाले यो बिषयमा पनि पनि छलफल गरिने ओलीले बताएको समाचारमा उल्लेख छ।      

'नेपालले आफ्नो नयाँ यात्रा थालेको छ, छिमेकीहरुसंगको सम्बन्धमा जुन आउटडेटेड छ त्यसलाई अपडेट गर्नुपर्नेछ, हामि नयाँ बिश्वमा आधुनिक नेपालमा बस्न चाहन्छौं' ओलीले भनेका छन।  

 



   





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved