माओवादीबाट सरकारको नेतृत्व बादलले गर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 02:11:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व पार्टी बरिष्ठ नेता रामबहादुर थापा बादलले गर्ने भएका छन् । पार्टी संसदमा अध्यक्ष पुष्पकमल दाहालपछि दोस्रो बरियतामा उनी रहेकाले उनकै नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने देखिएकाे हाे । 

यसअघि पार्टीले राष्ट्रपतिको रुपमा बादललाई उठाउने तयारी गरेको थियो । तर, राष्ट्रियसभामा निर्वाचित भएपछि अब सरकारको नेतृत्व गरेर जाने भएका हुन् ।

पार्टीभित्र बादलको नेतृत्वमा सरकारमा जाने लगभग टुंगो जस्तै लागे पनि निर्णय हुन भने बाँकी छ । पार्टी प्रवक्ता पम्फा भुुसालले अहिले कसकाे नेतृत्वमा जाने भन्ने कुनै निर्णय भईनसकेको जानकारी दिइन् । अध्यक्ष प्रचण्ड चितवनबाट आजै फर्कन साथ छलफल गरेर टुंग्याइने उनकाे भनाइ छ ।अध्यक्ष प्रचण्डले आजै मात्र दुई जना मन्त्री पठाइने जनकारी दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved