ओली पाँच वर्षकै लागि प्रधानमन्त्री: प्रचण्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 06:04:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिलेलाई पाँच बर्षको निम्ति प्रधानमन्त्री भएको बताएका छन। 

चितवनमा मंगलवार पत्रकारहरुले त्यसबारे जिज्ञासा राख्दा प्रचण्डले भने, 'महाधिवेशन पछि त महाधिवेशन ले के गर्छ भन्ने हुन्छ तर अहिलेको लागि चाहिं कमरेड केपी ओली नै पाँचै वर्षका लागि प्रधानमन्त्री हो।'

दुबै दलका अध्यक्षले हस्ताक्षर गरेको सात बुँदै सहमतिमा पार्टीको नाम 'नेपाल कम्युनिष्ट पार्टी' रहने र पार्टीको निर्देशक सिद्धान्त 'मार्क्सवाद लेनिनवाद' रहने उल्लेख छ। तर एकीकृत पार्टीको नेतृत्त्व र सरकार संचालनबारे केहि उल्लेख छैन। 

त्यस्तै अध्यक्ष प्रचण्डले पार्टीको एकता महाधिवेशन डेढ या दुई वर्षभित्रै भइसक्ने उल्लेख गरे। तर सहमतिपत्रमा पार्टी नेतृत्त्व, महाधिवेशनको मिति , सरकारमा सहभागिता लगायतका बिषयमा मौन देखिएको छ। 

एमाले र माओवादीबीच महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षहरुद्वारा आलोपालो प्रणालीबाट जेन्टलमेन्ट सहमति भएको बताइएको छ। सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ। 

प्रचण्डको भनाईलाई आधार मान्ने हो भने ओली पाँचको निम्ति प्रधानमन्त्री भएको अवस्थामा प्रचण्ड पाँच बर्षका निम्ति पार्टी अध्यक्ष बन्नेछन। दुवै दलबीच एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति भएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved