'कांग्रेस नसच्चिए राप्रपा बन्ने खतरा'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 06:33:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका पोखरा काँस्कीका सह-संयोजक दुर्गादत्त बास्तोलाले कांग्रेस नसच्चीय कमल थापा नेतृत्त्वको राप्रपा बन्ने खतरा औल्याएका छन।  

नेपाली कांग्रेसले समयसँग चल्नुपर्ने भन्दै आफूलाई समयमै नसुधारे आगामी पाँच वर्षपछि कांग्रेस झनै कमजोर बनेर कमल थापाको राप्रपा बन्ने खतरा औंल्याए । उनले पार्टीको मुल नेतृत्व सच्चिनुपर्ने धारणा राखेका छन् । 

उनले भने,‘कांग्रेसको केन्द्रदेखि स्थानीय तहसम्मको नेतृत्व सच्चिनुपर्छ, आफ्नो कमजोरी र गल्तिलाई स्विकार गर्नुपर्छ, समयको गतिसंग चल्न सक्नुपर्छ तर कांग्रेस समयसँग चल्न नसकेरै निवार्चनमा हार व्यहोर्नुपर्यो ।’

बास्तोलाले भने,‘म राजधानी आएको ३८ दिन भयो हिजोमात्रै सभापति शेरबहादुर देउवालाई भेट्न पाएँ, प्रवक्तालाई एकदिन भेटेको थिएँ त्यसपछि उहाँको फोन उठ्न छोडेको छ, हाम्रो पार्टीभित्रका गुटहरु एकदमै अव्यबहारिक छन्, सृजनात्मक समुह बन्नुपर्छ, जसले पार्टीलाई गतिशिल बनाउनमा सहयोग पुर्याओस।’

उनले कांग्रेसलाई प्रभावकारी बनाउनको लागि भन्दै केही सूत्रहरु पनि सार्वजनिक गरेका छन् । पार्टीमा निरन्तरताको क्रमभंगता हुनुपर्ने, साधान स्रोतको उचित उपभोग गर्नुपर्ने, समयको महत्व बुझ्नुपर्ने, सकारात्मक नमूना प्रस्तुत गर्नुपर्ने, आगामी पाँच वर्षभित्र नमुना कांग्रेस बनाउनुपर्ने लगायका सुझावहरु अघि सारेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved