फागुन ११ गतेदेखि भृकुटिमण्डपमा चौथो बंगलादेश एक्सपो–२०१८ हुँदै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 07:01:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालस्थित् बंगलादेशी दुतावासको आयोजनामा यही फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म चौथो बंगलादेश एक्स्पो र दोस्रो नेपाल–बगलादेश बिजनेश फोरम हुने भएको छ। उक्त प्रर्दशनी भृकुटिमण्डप स्थित प्रदर्शनी हलमा हुने जनाईएको छ। 

दुतावासका अनुसार उक्त पाँच दिने व्यापार मेलाले नेपाल र बंगलादेशवीच भैरहेको व्यापारिक साझेदारी र सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास लिईएको छ । त्यस्तै नेपाली बजारमा बंगलादेशमा उत्पादन भएका विविध वस्तुहरुलाई चिनाउनको लागि पनि यो मेला महत्वपूर्ण कडी हुने आयोजकको विश्वास छ।

नेपालका लागि बंगलादेशकी राजदुत मास्फी बिन्ते शाम्स्ले भनिन्,‘यो मेला आयोजना गर्नुको मुख्य उदेश्य नै बंगलादेशमा उत्पादन भएका वस्तुहरुलाई नेपाली व्यवसायीहरु र उत्पादकहरुसँग चिनाउनु हो, हामी यो मेला आयोजना गर्न पाउँदा खुशी छौं ।’

त्यस्तै राजदुत शाम्सले यो मेलाले बंगलादेशका उद्योगी तथा व्यवसायीहरुलाई पनि नेपालको ठूलो बजारमा चिनिन टेवा पुग्ने विश्वास दिलाईन् । उनले अघि भनिन्,‘नेपाल र बंगलादेशवीच भएको व्यापारिक सम्बन्धले दुई देशवीचको सम्बन्धलाई अगाडि बढाउन, र उन्नत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ, हामी दुवै देशले सामाजिक–आर्थिक विकास र आगामी समृद्धिको लागि सँगै मिलेर काम गर्नुपर्छ।’

उक्त प्रर्दशनी मेलामा बंगलादेशका उत्पादनहरु शो–केसमा राखिने आयोजकले जनाएको छ । प्रर्दशनीमा विशेषगरि निर्माण सामग्री र कन्ट्रक्सनसम्बन्धी सामाग्री, फर्निचर, जुटसम्बन्धी सामाग्री, रेडिमेट गार्मेन्टस्, सारीहरु, महिलासम्बन्धी वस्त्रहरु, प्लाष्टिकका उत्पादनहरु, कस्मेटिक्स, छालाका उत्पादनहरु, फुटवेयर, आईटी सोलुसन, शैक्षिक सामाग्रीहरु, ब्याट्रीहरु, मोटरसाईकल, ज्वेलरी राखिनेछन् । 

त्यस्तै प्रर्दशनीमा आर्ट एक्सिबेजशन पनि हुनेछ । जसमा २३ जना प्रसिद्ध बंगलादेशका कलाकारहरुको बंगलादेशको संस्कृति झल्काउने जीवन्त तस्विरहरु राखिनेछन् । 

प्रर्दशनी मेलामा केही निश्चित नेपाली निर्यातकर्ताहरुलाई पनि नेपाली सामाग्रीहरु प्रर्दशन गराउन निम्तो दिईएको छ । जसले गर्दा उक्त सामाग्रीहरु बंगलादेश निर्यात गर्न मद्दत पुग्नेछ । 

दुतावासले उक्त प्रर्दशनी–मेला सूचना तथा नयाँ विचारहरु आदान–प्रदान गर्न नयाँ प्लेटफर्म हुने पनि अपेक्षा गरेको छ । दुतावासले भनेको छ,‘विचार तथा सूचना आदानप्रदानमात्रै नभएर दुवै देशका उद्योगी व्यवसायीहरुलाई पनि बि–टु–बि लिंकेज बढाउन यो एक्सपोले अवसर जुराउनेछ भन्ने हामीले विश्वास लिएका छौं, जसले गर्दा व्यापार र व्यवसायबाट द्धिपक्षीय आपसी लाभ हुन्छ।’

उक्त प्रदर्शनीमा दुतावासलाई ईभेन्ट म्यानेजमेन्ट कम्पनी यू–टर्न, बंगलादेश र नेपालबाट सिन्थेसिस एक्जिविशनस् र ईभेन्टस प्रालिले सघाउने भएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved