इन्काउन्टरमा मारिएका मनोज पुनमाथि प्रहरीको ११ राउण्ड गोली (भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 21, 2018 | 08:34:35 AM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित गुण्डा नाइके मनोज पुन मगरमाथि प्रहरीले बुधबार बिहान इन्काउन्टर गर्यो । जहाँ प्रहरी इन्काउन्टरमा पुन र उनका सहयोगी सोम आले मारिए, त्यो स्थान भगवान गौतम बुद्धको मामली गाउँ देवदहका रुपमा परिचित छ ।

भैरहवाबाट करिब २८ किलोमिटर र बुटवलबाट करिब १७ किलोमिटर टाढाको देवदह नगरपालिका–४ भवानीपुरस्थित सानो पुलनजिकै बुधबार बिहान ३ बजेको आसपासमा कम्तिमा १० राउन्ड गोली चल्यो । जुनबेला स्थानीयबासी बिहानी प्रहरको निद्रामा मस्त थिए ।

गोली चलेपछि स्थानीयबासी ब्युँझिन पुगे । केही स्थानीयबासी गोली चलेको स्थानतर्फ जान पनि खोजे । तर ठुलो संख्यामा परिचालित प्रहरीले उनीहरुलाई घटनास्थलमा आउन रोक्यो भने अन्यलाई घरबाहिर ननिस्कन भन्यो ।

केही दिनअघि भारतको गोवामा पक्राउ गरिएको भनिएका पुनलाई उनको गाउँ नजिकै प्रहरीले इन्काउन्टर गरेको हो । घटनास्थलबाट ३ किलोमिटरको दुरीमा उनको घर छ । तर त्यहाँ उनका परिवारका कोही पनि बस्दैनन् ।

कस्तो छ घटनास्थल ?

दुवै गुण्डा नाइकेलाई इन्काउन्टर गरिएको भनिएको भवानीपुरस्थित घटनास्थल अर्थात बाइपास सडक सानो चोक जस्तो छ । गोली हानिएको स्थानबाट ५० मिटरको दुरीमाा केही घरसहितको बस्ती छ भने त्यहीँबाट दक्षिणतर्फ ५० मिटरकै दुरीमा ठुलो खेतको फाँट छ ।

केही कच्ची र केही पक्की रहेको घटनास्थलस्थित यो सडक मंगलापुर र मणिगा्रमस्थित सिद्धार्थ राजमार्गमा पुगेर टुंगिन्छ । स्थानीय सीता बस्यालका अनुसार बिहान गोली चलेपछि हिँडेको प्रहरीको टोली फेरि बिहान गाउँमा फर्किएकको थियो ।

त्यो टोली बिहान इन्काउन्टर भएको सकडमा पोखिएको रगतलाई माटोले हालेर पुरेको थियो । गोली हानिएपछि ढलेका दुवैको शवलाई प्रहरीको टोलीले केही मिटर परसम्म घिर्सादै लगेको देख्न सकिन्छ । घिसारेको स्थानमा रगत पनि बगेर सुकेको छ ।

प्रहरीले घटनास्थलमा बगेको सबै रगत माटोले पुर्ने कोशिश गरेपनि केही स्थानमा सडकमै अहिले पनि रगत देखिएको थियो । सञ्चारकर्मीहरु घटनास्थलमा पुग्दा जम्मा भएका स्थानीयबासी त्रसित त थिएनै घटनाबारे उत्सुकता पनि उत्तिकै थियो ।

प्रहरीले यो इन्काउन्टरका लागि सुनसान स्थान खोजेको देखिन्छ । तर गाउँ नजिकै दुवैलाई गोली हानिएको छ । यो घटनामा मारिएका सोम आले एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्याकाण्डका प्रमुख सुटर हुन् । उनको संलग्तामा भैरहवाबाट बैंकमा पनि लुटपाट भएको थियो ।

मनोज र सोमको चिनजान भने कारागारमा भएको थियो । त्यही चिनजानबाट बढेको मित्रता अपराधकर्मका लागि साझेदारमा रुपान्तरित भएको थियो । अन्नपूर्ण पोष्टबाट साभार 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved