सिद्धबाबाको पहिरोबाट जोगिन ढुङगाको छानो बनाइने

के हो रक सेड ?
मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 21, 2018 | 08:47:50 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल–पाल्पा सडक खण्डमा पर्ने ज्यानमारा भिर सिद्धबाबाको पहिरो नियन्त्रका लागि सरकारले तयारी सुरु गरको छ । सिद्धबाबाको पहिरो नियन्त्रणका लागि सरकारले ‘रक सेड’ (ढुङगाको छानो) प्रविधि अगाडि बढाउने भएको हो । 

सिद्धबाबाको पहिरोका कारण यात्रुहरु त्रासपुर्ण यात्रा गर्न बाध्य भएकाले त्यसको नियन्त्रणका लागि जापान सरकारको सहयोगमा रक सेड प्रविधि अगाडि बढाउनका लागि सडक विभाग वैदेशिक समन्वय महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

‘पहिरो नियन्त्रणका लागि जापान सरकारले मौखित सहमति गरेको छ, त्यसका लागि लिखित प्रस्तावको लागि काम भईरहेको छ,’ श्रेष्ठले भने ।सिद्धबाबामा समय समयमा खस्ने  पहिरोका कारण सो सडक खण्ड भएर यात्रा गर्ने यात्रुहरुले ज्यानको बाजी थापेर यात्रा गर्ने गरेका छन् । पछिल्लो ६ बर्षमा  सिद्धबाबाको पहिरोमा परेर २ दर्जनभन्दा धेरै यात्रुले ज्यान गुमाईसकेका छन् ।  

सिद्धबाबा पहिरो नियन्त्रका लागि यस अघिपनि सरकारी स्थरबाट थुप्रै काम अगाडि बढाएको थियो । चट्टानको पहाड र सुक्खा पहिरो खस्ने गरेकाले सरकारका सम्पूर्ण प्रयास विफल भएको थियो । यस्तै दुःख दिने पहाड पृश्वी राजमार्गमा पर्ने कृष्ण भिर थियो । कृष्ण भिर माटो र ढुङगाबाट निर्माण भएको पहाड थियो ।

सो पहाडको पहिरोलाई वाइलोजिल र सिभिलि इन्जिनियरिङको फ्युजनबाट नियन्त्रण गरिएको थियो । तर सिद्धबाबा चट्टानको पहाड भएकाले सो प्रविधि यसमा उपयुक्त नहुने सडक विभाग पुल महाशाखाका सिनियर  डिभिजनल इन्जिनियर नरेशमान शाक्य बताउँछन् ।

सिद्धबाबा पहिरो नियन्त्रण गर्न सकिने अवस्थामा छैन । सो पहाडबाट ठुल्लठुला ढुङगा खस्ने गर्छन् । पहिरो रोक्न नसके पनि त्यसबाट हुने मानविय क्षति कम गर्नका लागि रक सेड प्रविधि प्रस्ताव गरिएको उपमहानिर्देशक श्रेष्ठ बताउँछन् । 

‘विकशित मुलुकहरुले चट्टानी पहाड पर्ने सडक खण्डमा रक सेड प्रविधि प्रयोग गर्ने गरेका छन्, सिद्धबाबा पनि चट्टानी पहाड भएकाले सो प्रविधिले काम गर्ने विश्वास लिएको छ,’ श्रेष्ठले भने ।

सिद्धबाबा पहिरोबाट करिब ३ सय मिटर क्षेत्र प्रवाभित रहेको छ । अध्ययन प्रतिवेदनका आधारमा कति क्षेत्रफलमा रक सेड बनाउने पत्ता लाग्ने श्रेष्ठ बताउँछन् ।

के हो रक सेड ?

रक सेड ढुङगाबाट सुरक्षित रहनका लागि निर्माण गरिने छत हो । ढुङगा खस्ने समस्या भएका सडकमा सवारी साधन तथा मानवको सुरक्षाका लागि रक सेड निर्माण गर्ने गरिन्छ । 

रक सेडका माध्यमबाट पहाडबाट खस्ने ढुङगा छतमा खस्ने गर्दछ । छतको बाटो हुँदै ढुङगा सडकलाई कुनै असर नगरि तल्लो भिरमा खस्ने गरि निर्माण गरिएको हुन्छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved