पर्यटन बोर्डका पुर्वसीईओ 'भ्रष्टाचारी' ठहर, ७ बर्ष कैद र ८० लाख जरिवाना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 22, 2018 | 04:37:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डका पुर्वसीईओ सुवास निरौलासहित तीन जनाले भ्रष्ट्राचार गरेको प्रमाणित भएको छ। बिशेष अदालतले बोर्डका पूर्वसीईओ सुवास निरौला सहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। 

विशेष अदालतका न्यायधीशहरू बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले विहिबार यस्तो फैसला गरेको हो । पर्यटन बोर्डमा झण्डै एक अर्ब भ्रष्टाचार भएको दाबी गर्दै २०७१ चैत २० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

अदालतले निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना तोकेको छ भने तत्कालिन लेखा शाखा प्रमुख अनिलकुमार दास र वर्ल्ड वाइड ट्राभलका महेन्द्र खनाललाई पनि अदालतले दोषी ठहर गरेको छ। अख्तियारले २३ जनाविरुद्ध मुद्दा दायर गरेको भए पनि २० जनाले भने सफाइ पाएका छन। 

अदालतले निरौलालाई ७ बर्ष कैदसँगै ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना भर्न अदालतले भनेको छ । अदालतले दासलाई ६ वर्ष कैदसँगै ५० लाख २९ हजार ५४ हजार बिगो तथा २४ लाख ३७ हजार ४ सय जरिवाना र खनाललाई एक लाख ५४ हजार बिगो तिराउने फैसला गरेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved