माओवादीले पुराना अनुहारलाई अहिलेको सरकारमा नपठाउने, मन्त्री छान्ने जिम्मा तीन नेतालाई

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 22, 2018 | 08:34:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रले कांग्रेस नेतृत्त्वको सरकारमा सहभागी भएका नेताहरुलाई बाम गठबन्धनको सरकारमा नपठाउने निर्णय गरेको छ। एमालेसँकाे गठबन्धनमा माओवादीको भागमा परेको ७ मन्त्रालयका लागि मन्त्रीको आकांक्षी धेरै भएपछी पुराना अनुहारलाई नदोहोर्याउन बैठकमा प्रस्ताव राखिएकाे थियाे 

प्रचण्ड निवास खुमलटारमा अपरान्ह ४ बजेदेखि करिब ९ बजेसम्म बसेको बैठकले मन्त्री छान्ने जिम्मा प्रचण्ड ,नारायणकाजी श्रेष्ट प्रकाश र राम वहादुर थापालाई  दिईएकाे छ ।

सातवटा मन्त्रालय माओवादीको भागमा परेकाले ७ वटै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सहभागी गराइने माओवादी केन्द्रका एक नेताले बिजपाटिलाई बताएका छन् । उनका अनुसार माओवादीबाट राम बहादुर थापा 'बादल' को नेतृत्त्वमा बर्षमान पुन 'अनन्त', चक्रमणि खनाल, शक्ति बस्नेत, पम्फा भूसाल, मातृका यादब लगायतका नेताहरू सरकारमा सहभागी हुनेछन। 

साेही बैठकबाट माअाेबादी केन्द्रले एमालेसँग हुन लागेकाे पार्टी एकताको विपक्षमा उभिएका तीन पुर्व स्थायी समिति सदस्यहरूलाई कारवाही गरेकाे छ । पार्टी सिद्धान्त र आचरण विपरीत काम गरेको  विश्वभक्त दुलाल 'आहुती', लोकेन्द्र विष्ट मगर र गोपाल किताँरीलाई कारबाही गरेको हो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved