पुनःनिर्माण प्राधिकरणका इन्जिनियरलाई ८५ लाखभन्दा बढीको ट्याबलेट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2018 | 03:50:38 PM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पपीडितलाई दिइँदै आएको राहत हस्तान्तरण प्रक्रियालाई सहज तुल्याउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यस्थलमा खटिएका प्राविधिकलाई रु ८५ लाखभन्दा बढीको ट्याबलेट (कम्प्युटर) उपलब्ध गराएको छ । 

प्राधिकरणका सचिव मधुसुदन अधिकारीले आज केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक तपेन्द्रबहादुर खड्कालाई २८४ थान कम्प्युटर हस्तान्तरण गरेका हुन् । 

आयोजनाले भूकम्प प्रभावित १८ जिल्लाका १५१ इन्जिनियरलाई ती कम्प्युटर उपलब्ध गराउने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए  । उनका अनुसार त्यसबाट जिल्लामा खटिएका इन्जिनियरले राहतको दोस्रो किस्ता उपलब्ध गराउने सिफारिशका लागि तस्बिरसहित तथ्यांक केन्द्रमा पठाउन सहयोग पुग्नेछ । 

सो अवसरमा कार्यकारी अधिकृत भुसालले हालसम्म ९८ घर निर्माण सम्पन्न भइसकेको र तीन लाख १४ हजार घर बनिरहेको जानकारी दिँदै चालु आवमा साढे चार लाख घर बनाइसक्ने लक्ष्य रहेको बताए  । 

काठमाडौँ उपत्यकाकामा पुनःनिर्माणमा व्यावहारिक एवं कानुनी जटिलता भएको बताउँदै उहाँले उपत्यका बाहिर भने पुनःनिर्माणले गति लिएको जिकिर गरे   । 

भूकम्पपछिको आवश्यकता आंकलन प्रतिवेदन (पिडिएन)का अनुसार २०७२ वैशाख १२ गतेको भूकम्पले आठ हजार ७९० जनाले ज्यान गुमाए भने २२ हजार ३०० घाइते भएका थिए । यस्तै चार लाख ९८ हजार ८५२ निजी घर, दुई हजार ६५६ सरकारी भवन र विद्यालयका १९ हजारभन्दा बढी कक्षा कोठा पूर्णरुपमा क्षति भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved