विप्लव कार्यकर्ताले जलाए प्रधानमन्त्रीको पुत्ला (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 23, 2018 | 09:15:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ। विप्लव नेतत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला कमिटीले शुक्रबार पुत्ला दहन गरेको हो।

सुरक्षाकर्मीहरुको वाक्लो उपस्तिथीका बावजुत पनि दरमुकाम तम्घासमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्न विप्लवका कार्यकर्ता सफल भएका छन। संगठनले हिजै पत्रकार सम्मलेन गरी प्रधानमन्त्री ओलीको पुत्ला दहन कार्यक्रम रहेको कुरा जानकारी गराई सकेको थियो ।  

आज दिउँसो करिब सवा १ बजेको समयमा सो पार्टीका गुल्मी जिल्ला ईञ्चार्ज धिरज राना, सेक्रेटरी खिम खड्का लगायतका नेता र कार्यकर्ताहरुले तम्घासको अर्घाखाँची जिपपार्कमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । 

सो पार्टीका दुई जना नेतालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको जिल्ला सेक्रेटरी खिम खड्काले बताए। भोलि पनि जनप्रदर्शनको कार्यक्रम रहेको छ।    


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved