नेपाली कलाकारको अपमान भएको भन्दै सलमान खानको कार्यक्रम रोक्न माग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 27, 2018 | 07:29:59 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल जनसांस्कृतिक महासंघले ओडिसी इन्टरटेरमेन्टको आयोजनामा भारतीय अभिनेता सलमान खानको उपस्तिथीमा सैनिक मञ्च टुँडिखेलमा यही फागुन २६ गते हुन लागेको 'बलिउड सुपरस्टार द वर्ग द टुर' कार्यक्रम रोक्न माग गरेको छ ।

सैनिक मञ्च प्रयोग गरेर नेपाली संस्कृति र राष्ट्रियमाथि अतिक्रमण हुन लागेको भन्दै महासंघका महासचिव खेम थपलियाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कार्यक्रम रोक्न माग गरिएको हो  ।

थपलियाद्वारा जारी बिज्ञप्ति मा भनिएको छ ‘नेपालमाथि भारतीय राजनीतिकमात्रै होइन, सांस्कृतिक अतिक्रमण समेत तीव्र पारिएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन् भनेर जाँच्ने भित्री उद्देश्य भारतीय कलाकार काठमाडौं उतार्ने विशेष योजना अन्तर्गत हुन लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजनाअन्तर्गतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौँ ।’नेपालमाथि बढ्दो विदेशी संस्कृतिको अतिक्रण रोक्न राष्ट्रभक्त, जनसंस्कृति प्रेमीहरू एकजुट हुनुपर्ने समय आएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालमा विईङ ह्युमनको नामबाट सामानहरू बिक्री गर्दै भारतीय जनताको लागि सहयोग गर्दै आएका नायक खान नेपाली जनताका लागि समेत प्रिय पात्र हुन् । कलाको हिसाबले उनी निकै लोकप्रिय छन् तर त्यसो भन्दैमा हाम्रो राष्ट्रियताको रक्षा र संवद्र्धननका लागि उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य छैन,’ विज्ञप्तिमा लेखिएको छ, ‘उनी कलाकारको हिसाबमा नेपाल आऊजाऊमा कुनै अवरोधको नीति नरहेको तर रक्सी, मदिराका प्रवद्र्धनको लागि नेपाल आउने, प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट काट्ने कार्य नेपाली अर्थतन्त्रलाई समेत धरासायी बनाउने निश्चित छ ।’ 

‘विनासकारी भूकम्पले सिङ्गो राष्ट्र पीडा र शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त नगर्ने कलाकार खानका लागि हामी नेपालीबाट करोडौं रकम खर्चनु राष्ट्रघात त हुँदै हो, नेपाली कला र कलाकारमाथिको ठूलो अपमान पनि हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको स्वाभिमानको रक्षार्थ पनि सलमान खानसहित भारतीय कलाकारको नेपालमा हुने भनिएको कार्यक्रम रोक्न अनिवार्य छ ।

रक्सीको प्रोमोसनका लागि दशौं हजारको टिकट बेचेर कार्यक्रम गर्ने कुरा हामीलाई सर्वथा अमान्य छ भन्दै महासंघले कार्यक्रममा सहभागी नहुन सबैलाई आग्रह समेत गरेको छ ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved