विप्लब माओवादीको चेतावनीले भारतमा हङ्गामा, सलमान खानलाई नेपाल नजान दवाव

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 28, 2018 | 06:25:15 PM मा प्रकाशित

laxmi  sunrise bank

विवादास्पद कम्पनिद्वारा उत्पादित मदिराको प्रवर्द्धन गर्नका लागि नेपाल नजान भारतीय संचार माध्यमले भारतीय नायक सलमान खानलाई दबाब दिएका छन।   

भारतको चर्चित मिडिया हिन्दुस्तान टाइम्स, बम्बे टाइम्स, स्टार अफ वलिउड र न्युज वल्र्ड इण्डियाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले खानलाई नेपाल नआउन दवाव दिएको समाचारलाई प्राथमिकता साथ प्रकाशित गर्दै यस्तो दबाब दिएका हुन। 

विप्लब माओवादीले फागुन २६ गते 'हुने द वङ टुर नेपाल कन्सर्ट' भाड्ने घोषणा गरेको समाचार प्रकाशित गर्दै ति मिडियाहरुले सलमानलाई नेपाल नजान दबाब सहितको सुझाब दिएका हुन।  

मंगलबार नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विज्ञप्ति प्रकाशित गरी कन्सर्ट नरोकिए भयानक परिणाम आउने चेतावनी दिएपछि भारतीय मिडियाले पनि सुरक्षाको कारण देखाउदै सलमानलाई नेपाल नजान भनेका हुन।

गोर्खा ब्रुअरीले उत्पादन गर्ने बियर टुबोर्गको टिसर्ट लगाएर टुँडीखेलमा नेपाली जनतालाई उफार्ने दुष्प्रयास भईरहेको भन्दै विप्लब माओवादीले उक्त  कार्यक्रम तत्काल खारेज गर्न माग गर्दै बिज्ञप्ति नै जारि गरेको छ।

सैनिक मञ्च टुँडीखेलमा विशेष सांस्कृतिक कार्यक्रम गर्ने खानको यस्तो क्रियाकलापले नेपालको संस्कृतिमाथि हस्तक्षेप हुने अखिल नेपाल जनसांस्कृतिक महासंघ आबद्ध कलाकर्मीको भनाई छ । बहुराष्ट्रिय वियर उत्पादक काल्सवर्गको ८० प्रतिशत लगानी रहेको गोरखा ब्रुअरीले मदिराको बजार प्रवद्र्धनका लागि सलमानलाई नेपाल ल्याउन लागेको हो ।

नेपाली कलाकारको अवमूल्यन गरी मदिराको प्रवद्र्धन गर्न गोरखा ब्रुअरीले भारतीय कलाकार ल्याएर नेपालको संस्कृतिमाथि अतिक्रमण गरेको छ । गोरखा ब्रुअरी कर छलीको काण्डमा पर्दै आएको छ । द वाङ टुर नेपाल कार्यक्रममार्फत रक्सीको प्रवद्र्धनको लागि नेपाल आउने र प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट मूल्य राखिएको छ ।

यो कार्यक्रम ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो । खानका लागि नेपालीबाट करोडौं रकम खर्चनु राष्ट्रघात भएको र नेपाली कला संस्कृतिमा माथीको ठूलो अपमान समेत भएको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved