बाम गठबन्धन र संघीयसमाजबादी फोरमबीचको छलफल सम्पन्न

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 28, 2018 | 06:56:05 PM मा प्रकाशित

laxmi  sunrise bank

संघिय समाजबादी फोरमलाई सरकारमा सहभागिता गराउनेबारे टुंगो लगाउन बसेको तीन दलका नेताबीचको छलफल निष्कर्ष बिहिन बनेको छ।   सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बाम गठबन्धन र संघियसमाजबादी फोरमको छलफल संबिधान संशोधन र सरकारमा जाने बिषयमा प्रवेश पाएर सकिएको जनाइएको छ। 

थप छलफल गर्न बाँकी रहेकाले बैठक भोलि पनि बैठक बस्ने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन। बैठक सकारात्मक दिशा तर्फ अगाडी बढेको र अब बस्ने बैठकले ठोस निर्णय गर्ने छलफलबारे जानकारी दिने क्रममा श्रेष्ठले बताए। 

त्यस्तै बैठकमा भएको छलफलका बिषयमा जानकारी दिंदै फोरमका अध्यक्ष उपेन्द्र यादबले बाम गठबन्धनको छलफलले निचोडमा पुग्ने बताए। अझै केहि बिषयमा छलफल गर्न बाँकी रहेकाले भोलि पनि बैठक बस्ने उनले बताए।     

बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, फोरम अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी थिए। 

यसअघि मंगलबार सहमति पत्रको खाका तयार भएको थियो। सत्तारुढ दुई दलले फोरमलाई परराष्ट्र मन्त्रालयसहित सरकारमा आउन प्रस्ताव गरेका छन्। फोरमसँगको छलफल अघि एमाले र माओवादी नेताहरुको बैठक बसेको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved