होलीमा ट्राफिक मर्यादा विपरित गतिविधि गर्नेहरुमाथि कडा निगरानी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 01, 2018 | 09:22:41 AM मा प्रकाशित

laxmi  sunrise bank

होलीमा ट्राफिक मर्यादा विपरित गतिविधि गर्नेहरुमाथि कडा निगरानी थालिएको छ। होलिलाई लक्षित गरेर नेपाल प्रहरीले पांच हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने ६०० अतिरिक्त ट्राफिक प्रहरी खटाएको छ।

विहान सात बजेदेखि नै उपत्यकाको बिभिन्न स्थानमा चेकिंग हुने छ भने सवारी साधनको प्रयोग गरि रंग लोला हान्नेलाई ट्राफिक प्रहरीले नियन्त्रण एवं कारबाही गर्ने छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अहिले दैनिक डियुटीमा भएका बाहेक ६ सय ट्राफिक प्रहरीलाई परिचालन गरि बिशेष सडक सुरक्षा योजना लागु गर्ने भएको छ ।

मादक एवं मनोदिपक पदार्थ सेवन गर्ने ,तीब्र गतिमा सवारी चलाउने, सवारीसाधनको प्रयोग गरि रंग लोला हान्ने, स्वास्थ्यलाई प्रतिकुल असर पार्ने रसायन लगायत अन्य पदार्थ छ्याप्ने दल्ने लगायतका उच्छृङ्खल गतिविधि संगलग्नलाई नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । साथै होलीको बेला सडक अझ बढी असुरक्षित हुनुको साथै दुर्घटना र अपराधजन्य कार्य यस अघि पनि हुँदै आएकोले सजग भएर होली मनाउन सबैलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिशेष अनुरोध गरेको छ ।

ट्राफिक प्रहरीले नियमित चेकिंग अतिरिक्त उपत्यकाभरि चौबिसै घण्टा ब्रेथ एनालाइजर र राडर गन सहितको थप चेकपवाइन्ट राखेर चालकको गतिबिधिमा निगरानी बढाउने भएको छ ।होली उल्लास र उमंगको पर्व हो , त्यही मर्यादाभित्र रहेर सांस्कृतिकरुपमा होेली मनाउन पनि ट्राफिक प्रहरीको आग्रह छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved