नेपालका सडक एसियाकै खराब, सिंगापुर उत्कृष्ट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 01, 2018 | 10:03:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका सडक एसियाकै खराबमा परेको छ। वर्ल्ड इकोनोमिक फोरमले एसियाली देशहरुको सडकको अवस्थाबारे सार्वजनिक गरेको सर्वेक्षण रिपोर्टमा नेपालको सडक सबै भन्दा खराब पाइएको हो। 

आर्थिक स्रोतको कमी र पहाडी भूबनोटका कारण नेपालका सडकहरु खराब भएको रिपोर्टमा उल्लेख छ।सबैभन्दा उत्कृष्ट सडक रहेको देशको सूचीमा सिंगापुर पहिलो स्थानमा छ । यसैगरी जापान दोस्रो, ताइवान तेस्रो, दक्षिण कोरिया चौथो र मलेसिया पाँचौं स्थानमा छन् ।

सबैभन्दा खराब देशको सूचीको पुछारमा नेपाल छ । बंगलादेश, मंगोलिया, फिलिपिन्स, कोलम्बिया, लाओस, भियतनाम र भुटानका सडक पनि सबैभन्दा खराब सडक भएको देशमा सूचीकृत भएका छन।

यसैगरी राम्रा सडक भएको देशहरुको सूचीमा चीन पहिलो स्थानमा छ । त्यसपछि क्रमशः ब्रुनाई, श्रीलंका, भारत, थाइल्याण्ड र पाकिस्तान छन् ।भुटानले सडकको ढाँचामा विश्वलाई आश्चर्यमा पारेको छ। सबैभन्दा खराब सडकको सुचिमा भुटानका सडक कम खराब भएको रिपोर्टमा उल्लेख छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved