मुलुक परिवर्तनका लागि दुई अंकको आर्थिक वृद्धिदर पर्याप्त छैन : प्रधानमन्त्री

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 02, 2018 | 08:48:37 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई परिवर्तनको दिशामा अग्रसर बनाउन दुई अंकको आर्थिक वृद्धिदर पर्याप्त नहुने बताएका छन। निजी क्षेत्रसँग सहकार्य गरी आउँदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धिदर पुर्‍याउने योजना रहेको प्रधानमन्त्री ओलीले सुनाए। 

प्रधानममन्त्री ओलीले गत आर्थिक वर्षमा भएको ७.९ प्रतिशतको आर्थिक वृद्धिदरलाई बढाएर दुई अंकमा पुर्‍याउने योजना रहेको दाबी गरे। चेम्बरको प्रतिबेदन बुझ्दै प्रधानमन्त्री ओलीले आर्थिक वृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। 

चेम्बरले बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुलुकको विकासका लागि सुझाव प्रतिवेदन बुझाएको हो। चेम्बरका अध्यक्ष श्रेष्ठले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाइराखेको दोहोरो कर प्रणालीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले चेम्वरले दिएको सुझावहरूमध्ये तत्काल गर्न सकिने कामहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved