अन्तत: सलमान खानको नेपाल भ्रमण स्थगित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2018 | 10:43:25 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय नायक सलमान खानको नेपाल भ्रमण स्थगित भएको छ। सैनिक मंच टुँडिखेलमा मदिराको प्रमोशन गर्न लागिएको भन्दै त्यसको चर्को बिरोध भएपछी सलमानले आफ्नो नेपाल भ्रमण स्थगित गरेका हुन। 

ओडिसी इन्टरटेनमेन्ट नामक संस्थाको आयोजनामा यहि फागुन २६ गते तय भएको 'बलिउड सुपरस्टार द वर्ग द टुर' कार्यक्रम रद्द भएसंगै नेपालमा पटक पटक कर विवादमा पर्दै आएको गोर्खा ब्रुअरीले उत्पादन गर्ने बियरहरुको प्रोमोशनको काम समेत रोकिएको छ। 

सैनिक मञ्च प्रयोग गरेर नेपाली संस्कृति र राष्ट्रियमाथि अतिक्रमण हुन लागेको भन्दै अखिल नेपाल जनसांस्कृतिक महासंघले सलमान नेपाल आउने कार्यक्रम रद्द गर्न चेतावनी नै दिएको थियो। सैनिक मञ्च टुँडीखेलमा विशेष सांस्कृतिक कार्यक्रम गर्ने खानको यस्तो क्रियाकलापले नेपालको संस्कृतिमाथि हस्तक्षेप हुने महासंघको भनाई छ।  

गोर्खा ब्रुअरीको वियर प्रमोशन गर्ने नाममा नेपालको सांस्कृतिक अतिक्रमण तीव्र पारिएको भन्दै महासंघले सलमानको कार्यक्रम रोक्न आयोजकलाई चेतावनी दिएको थियो। 

विप्लब माओवादी, केहि मिडिया र संघसंस्थाले नेपालमा सलमान खानको कार्यक्रम रोक्न आवाज उठाएपछी भारतीय मिडियाहरुले समेत त्यसलाई प्राथमिकताका साथ समाचार प्रकाशित गरेका थिए। चर्को आलोचना भएकाले भारतीय मिडियाहरुले सलमानलाई नेपाल नजान चर्को दबाब दिएका थिए। 

बहुराष्ट्रिय कम्पनी कार्सबर्ग ग्रुपको लगानी रहेको गोर्खा ब्रुअरीले उत्पादन गर्ने मदिराको प्रवर्द्धन गर्नका लागि नेपाल नजान भारतका मिडिया हिन्दुस्तान टाइम्स, बम्बे टाइम्स, स्टार अफ वलिउड र न्युज वल्र्ड इण्डियाले खानलाई नेपाल नजान दवाव दिएका हुन। भारतीय मिडियाहरुले सुरक्षाको कारण देखाउँदै सलमानलाई नेपाल नजान भनेका हुन। 

बिस हजार रुपियाँको महंगो टिकट बिक्री गरेर राजधानीको मुटुमा गोर्खा ब्रुअरीले उत्पादन गर्ने बियर टुबोर्गको टिसर्ट लगाएर भारतीय नायकलाई दुष्प्रयास भइरहेको भन्दै विप्लव माओवादीले उक्त कार्यक्रम तत्काल खारेज गर्न, नभए त्यसबाट हुने क्षतिको जिम्मेवारी लिन चेतावनी दिएको थियो । 

ओडिसी इन्टरटेनमेन्ट नामक संस्थाको नाममा कार्यक्रम आयोजना गरी गोर्खा ब्रुअरीले सलमानलाई मात्रै ११ करोड रुपियाँ खर्च गरेर कन्सर्ट गर्न लागेको हो । त्यसका लागि उसले प्रतिव्यक्ति २० हजार रुपियाँसम्मको टिकट बिक्री गर्दै आएको थियो। सलमान नआउने भएपछि आयोजकको महँगोमा टिकेट बेचेर रातारात धनि हुने सपना तुहिएको छ। 

यस अघि:

विप्लब माओवादीको चेतावनीले भारतमा हङ्गामा, सलमान खानलाई नेपाल नजान दवाव

नेपाली कलाकारको अपमान भएको भन्दै सलमान खानको कार्यक्रम रोक्न माग

सलमान खानको कार्यक्रम रोक्न विप्लब माओबादीको आग्रह, अटेर गरे ठुलो क्षति हुने चेतवानी

नेपालमा सलमान खानको कार्यक्रम हुनै नदिने विप्लब माओवादीको घोषणा




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved