धुर्मुस सुन्तलीको सन्तपुर एकीकृत नमुना बस्तीलाई सानिमा बैंकको २१ लाख सहयोग, अपुग खर्च जुट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2018 | 12:15:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धुर्मुस सुन्तली फोउण्डेशनलाई रु. २१ लाख सहयोग गरेको छ । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढी पीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३,२०७४ मा उक्त बस्ती एक समारोहका बीच हस्तान्तरण गरिएको थियो ।

उक्त बस्ती निर्माणमा अपुग् भएको खर्च, सानिमा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत फाउण्डेशनलाई २१ लाखको सहयोग गरेको छ । एक कार्यक्रमका बिच बैंकका सन्चालक   तुक प्रसाद पौडेलले सो रकमको चेक हस्तान्तरण गरे   । हस्तान्तरण समारोहमा धुर्मुस सुन्तली फाउण्डेशनको कार्यलाई स्रहाना गर्दै सानिमा बैंक पनि जोडीन पाउँदा खुशी लागोको बताए   ।

कार्यक्रममा बोल्दै   सिताराम कट्टेलले, उक्त बस्ती अनुमानित समय भन्दा चाडै र अनुमानित लागत भन्दा कममै सकिएको बताउदै बैंकिङ्ग क्षेत्रबाट अहिले सम्मको सबै भन्दा ठूलो धन राशी सहयोग गर्नु भएकोमा बैंकलाई धन्यबाद दिए  । केही रकमको प्रतिबद्घता आइसकेको जानकारी दिदैं उँनले यो रकम सगैं सो बस्ती निर्माणमा अपुग रकम जुटेको कुरा बताए  ।  त्यसै गरी श्रीमती कुञ्जना घिमिरेले फोउण्डेशनलाई बिश्वास गर्नु भएकोमा धन्यवाद दिदै यो सहयोग बैंकले गरेको सम्मानका रुपमा लिएको बताईन  ।    

बैंकका प्रमुख कार्यकारी अधिकृत   भुवन दहालले सन्तपुर बस्ती परियोजना समय सीमा भित्रनै सम्पन्न गरी हस्तान्तरण गर्नु भएको सन्दर्भमा बैंंकले कुशल व्यवस्थापनका पाठ सिक्नु पर्ने बताउनु भयो साथै आफ्नो कलाकारीतामा मात्र सीमित नरहि समाज सेवामा लागेकोमा  सिताराम कट्टेल  र श्रीमती कुञ्जना घिमिरे  प्रति कृतज्ञता व्यक्त गरे  ।

सानिमा बंैकले सन् २०१२ देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत  शैक्षिक छात्रवृत्ति सहित अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हाल सानिमा बैंकको सबै भन्दा न्यून निष्कृय कर्जा तथा नेपाल भरी ५८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. सञ्जाल रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved