संविधान संशोधनमा लिखित प्रतिबद्धता आएमात्र सरकारमा जान्छौ : राजपा महासचिव यादव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2018 | 02:25:11 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले संविधान संशोधनबारे सहमति भए आफूहरु एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । उनले भने,‘संविधान संशोधन गर्नेबारे सरकार र हामीबीच सहमति भयो भने अब हामी एक हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं, अहिले सकारात्मक छलफल चलिरहेको छ, फागुपुर्णिमाले गर्दा बार्ता लम्बिएको हो।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा  महासचिव यादवले संविधान संशोधनमा लिखित प्रतिबद्धता आए आफूहरु सरकारमा जाने नआए नजाने जिकिर गरे । उनले थपे,‘सरकारको नीति तथा कार्यक्रममा यो कुरा आउनुपर्यो, संशोधनबारे लिखित प्रतिबद्धता आउनुपर्यो, हामी तयार छौं भनेर सरकारले भन्नुपर्यो, त्यसपछि कार्यदल बनाएर संविधानको कुन कुन धारा सशोधन गर्ने भन्ने कुरा टुँगो लाग्छ।’

पहिला संशोधनबारे कुरा टुँगो लागेपछि अनि सरकारमा सहभागी हुनेबारे कुरा आउने उनको तर्क थियो । उनले थपे,‘प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हाम्रो अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ, सकारात्मक छलफल भएको छ।’ यसबारेमा चाँडै टुँगिने सम्भावना रहेको उनले जनाए । 

उनले सिमांकन हेरफेरको लागि अवरोधको रुपमा रहेको संविधानको धारा २७४ लाई संशोधन गर्नुपर्ने पनि बताए । त्यस्तै उनले प्रदेश नम्बर २ को नाम मधेश राखिन सकिने जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved