देशको ढुकुटी भर्दै अर्थमन्त्री खतिवडा, निर्देशनको २४ घण्टामै १ अर्ब २२ करोड राजश्व संकलन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 02, 2018 | 08:17:20 PM मा प्रकाशित

laxmi  sunrise bank

इच्छा शक्ति भए प्रतिकुल परिस्तिथिलाई पनि अनुकुलमा बदल्न सकिन्छ भन्ने भनाईलाई अर्थमन्त्री ड़ा युवराज खतिवडाले प्रमाणित गरिदिएका छन। राजश्व उठ्तीमा कमि आएकाले राज्यको ढुकुटी रित्तिंदै गएको भनिदै गर्दा खतिवडाको एउटै निर्देशनले एकै दिनमा भन्सार बिन्दुबाट १ अर्व २२ करोड रुपैयाँ राजश्व संकलन भएको छ। 

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले आम्दानि भन्दा खर्च बढाएपछी रित्तिदै गएको ढुकुटीलाई ओली सरकारको अर्थमन्त्री खतिवडाले बलियो बनाउने लक्षण देखाएका छन।

राजस्व उठ्तीमा सिमान्त रुपमा कमी भएको र लक्ष्य भन्दा धेरै बढी राजस्व उठाउन सकिने अभिव्यक्ति दिएका खतिवडाले अर्थमन्त्री भएकै दोस्रो दिन सम्पूर्ण भन्सार अधिकृतलाई निर्देशन दिएका थिए। 

खतिवडाले समानको कोड, विवरण, परिमाण र मुल्य फरक पारि उठाउनु पर्ने भन्सार नउठाइएको टिप्पणी गर्दै भन्सार छल्ने जो कोहिलाई कडा कारबाही गरिने बताएको अर्को दिन नै १ अर्ब २२ करोड राजश्व उठेको हो। 

बुधबार देशभरका भन्सार विन्दूबाट कूल १ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भयो । भन्सार विन्दूहरुबाट एकै दिनमा संकलन भएको यो परिमाणको राजस्व अहिलेसम्मकै उच्च भएको भन्सार विभागका अधिकारीहरुले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved