सलमान नआउने भएपछी आयोजक समस्यामा, प्रतिव्यक्ति २० हजारमा बेचिएको टिकट अब के हुन्छ ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 03, 2018 | 03:05:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सलमान खानको ‘दबंग द टुर’ रद्द भएसंगै त्यस कार्यक्रमका लागि महँगोमा टिकेट किन्नेहरू चिन्तित बनेका छन। फागुन २६ गते हुने भनिएको उक्त कार्यक्रमको टिकेटलाई आयोजक ओडिसी इन्टरटेनमेन्टले प्रति व्यक्ति तिन हजारदेखि २० हजारसम्म असुल गरेको छ। 

मदिरा कम्पनि गोर्खा ब्रुअरीको प्रवर्द्धनमा सैनिक मंच टुँडिखेलमा कार्यक्रमको आयोजना गरिएको भन्दै चर्को आलोचना भएपछी सुरक्षाको कारण देखाएर सलमान खानले उक्त कार्यक्रममा आउन नसक्ने भएका हुन। 

आयोजक ओडिसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङले फागुन २६ गतेलाई कार्यक्रम स्थगित भएको र सलमान खानलाई बैशाखमा ल्याइने बताएका छन। 

अहिलेको टिकेट नै बैशाखमा प्रयोग हुने भन्दै गुरुङले टिकेट सुरक्षित राख्न समेत आग्रह गरेका छन। तर आयोजकको यो भनाईलाई टिकेट खरिदकर्ताले पत्याउन सकेका छैनन। आयोजकको यस्तो भनाईलाई टिकेटको पैसा फिर्ता नगर्ने षडयन्त्रको रुपमा लिइएको छ। 

अहिलेसम्म कति टिकेट बिक्रि भयो भन्ने बारे जानकारी दिन समेत आयोजकले आनाकानी गरेको छ। आयोजक नै सम्पर्कमा नआएपछी महँगोमा टिकेट किन्नेहरु अहिले पछुताएका छन। यद्दपी टिकेट खरिदकर्ताहरुलाई भने आयोजकले बैशाखमा कार्यक्रम हुने र सलमानलाई ल्याइने भन्दै एक सूचना नै पठाएको छ।      

नेपाली संस्कृति र राष्ट्रियमाथि अतिक्रमण गरि कार्यक्रम आयोजना गरिएको भन्दै कर्यक्रम बन्द गर्न चेतावनी दिएको विप्लब माओवादीको संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले भने आयोजकको यस्तो प्रतिक्रियालाई 'गैर जिम्मेवारीको पराकाष्टा' भनेको छ। 

'यो टिकेटको पैसा फिर्ता नगर्ने षड्यन्त्र हो, अहिलेसम्म कति टिकेट बिक्रि भयो र पैसा कहिले फिर्ता हुन्छ भन्ने जानकारी सार्वजनिक भएन भने आयोजकलाई कडा कारबाही हुन्छ' संघका एक पदाधिकारीले बिजपाटिलाई भने।

सलमान आउने भनेर तामझामका साथ प्रचार प्रसार गर्दा मुख्य प्रयोजनमा रहेको गुर्खा ब्रुअरीको प्रचार प्रसार ब्यापक भएपनि आयोजक भने नमज्जासंग फसेको छ। आयोजकले सलमानलाई ल्याउने भनेर ५ करोड नै 'एडभान्स' मा बुझाई सकेको छ भने अहिलेसम्म १० करोड लगानी गरिसेको छ।    


यस अघि:

विप्लब माओवादीको चेतावनीले भारतमा हङ्गामा, सलमान खानलाई नेपाल नजान दवाव

नेपाली कलाकारको अपमान भएको भन्दै सलमान खानको कार्यक्रम रोक्न माग

सलमान खानको कार्यक्रम रोक्न विप्लब माओबादीको आग्रह, अटेर गरे ठुलो क्षति हुने चेतवानी

नेपालमा सलमान खानको कार्यक्रम हुनै नदिने विप्लब माओवादीको घोषणा






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved