सिरिया नरसंहारमा राष्ट्रसंघको मौनता लज्जास्पद : राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 03, 2018 | 06:31:04 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय मुस्लिम संगर्ष गठबन्धनले सिरियामा जारि नरसंहारको बिरोध गरेको छ। गठबन्धनले सिरियामा भइरहेको कुकर्म तथा नरसंहारको बिश्वले  भत्सर्ना गर्दा राष्ट्र संघ भने मौन रहेको आरोप लगाएको छ। 

'शब्दमा ब्याख्या गर्न गाह्रो हुने गरि सिरियामा पछिल्लो ७ बर्षदेखि विभत्स हत्या, हिँसा तथा युद्द अपराध भईरहेको छ' गठबन्धनका संयोजक र महासचिव क्रमशः शमीम अन्सारी र मोहम्मद जाकिर हुसैनले शुक्रबार जारि गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ. 'सिरियाको नरसंहारमा राष्ट्र संघ भने मौन छ, यस बिषयमा राष्ट्रसंघको मौनता लज्जास्पद छ।' 

'संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई सिरियामा भइरहेको अन्तर्राष्ट्रिय मानव अधिकार तथा युद्ध नीतिको उल्लंघनमाथि आवश्यक कारबाही गर्न राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन अपील गर्दछ', विज्ञप्तीमा उल्लेख छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved