बुद्धका उपदेश वाचन गरी भारतको रेकर्ड तोडियो, एक हप्ता भित्रै औपचारिक घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2018 | 11:34:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एकै पटक शाक्यमुनि गौतम बुद्धका उपदेश वाचन गरी नेपालले विश्व रेकर्डको लागि सङ्ख्यात्मक रुपमा भारतमा रहेको रेकर्ड तोडेको छ । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा कीर्तिमान कायम गर्न काठमाडौंको टुँडीखेलमा शनिबार आयोजना गरिएको कार्यक्रममा करिब १ लाख भन्दाबढिको उत्साहजनक सहभागिताले बुद्धका उपदेश र वचन ‘धम्मपद’ उपदेश वाचन गरेका थिए । सहभागी मध्ये ४८ हजार ९ सय ४३ जना क्युबार कोड स्क्यानिङ्ग गणनाबाट अफिसियल परिणाम आएको आयोजक विश्व कीर्तिमानी परिषद् नेपालका कोषाध्यक्ष सुभाषचन्द्र विष्टले जानकारी दिए । यस रेकर्डलाई औपचारिक घोषणा गिनिज बुक अफ वर्ल्ड रेकर्डको मुख्यालय बेलायतको लन्डनमा क्युबार कोड सहितको गणना गरिएको सिसि क्यामराको फुटेज, आकासमा उडाइएको ड्रोनको फुटेज , र हेलिकप्टरबाट खिचिएको फोटो र भिडियोको फुटेज समेतको प्रमाणहरु जुटाएर विश्व किर्तिमानी परिषद नेपालले पठाएको आधारमा गिनिज वर्ल्ड रेकर्ड मुख्यालयका प्राबिधिक अधिकारीले अध्ययन गरि प्रमाण पठाएको हप्तादिन भित्र प्रमाण पुगेको आधारमा औपचारिक घोषणा हुने आयोजकले जनाएको छ ।

यस्तै कीर्तिमान यसअघि भारतका नाममा दर्ता थियो । भारतले सन २०१४ फेब्रुअरीमा ४६ हजार ६ सय ६० मानिसद्वारा १६ औँ शताब्दीका कवि पोथानमद्वारा रचित ‘जानपना’ वाचन गरी कीर्तिमान राखेको थियो । यस रेकर्डलाई तोडि सकेता पनि मुख्यालयले प्राबिधिक रिपोर्टको आधारमा पनि औपचारिक रूपमा गिनिज वर्ल्ड रेकर्डमा दर्ता हुने बिश्वास लिएको कोषाध्यक्ष विष्ट बताए। अब सिसि क्यामेराको फुटेज , ड्रोनको फुटेज , हेलिकप्टरको फुटेज फोटोहरु लन्डन पठाई सकेपछि त्यहाका बिशेसज्ञहरुले प्राबिधिक रुपमा अध्यन गरिसकेपछि मात्र औपचारिक घोषणा हुने आयोजकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved