राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा भाग लिने उम्मेदवारको खर्चको सिमा निर्धारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2018 | 02:22:38 PM मा प्रकाशित

laxmi  sunrise bank

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय रुपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण सञ्चालन गरेको छ ।   आयोगले आज निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने जनशक्तिका लागि  एक दिने प्रशिक्षण सञ्चालन गरेको हो। जम्मा ७ जना सहभागीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपतिको निर्वाचन आफैमा महत्वपूर्ण निर्वाचन भएको र निर्वाचन व्यवस्थापनमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको बताए  ।    

साथै निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा भाग लिने उम्मेदवारको निर्वाचन प्रचार प्रसार खर्चको सीमा निर्धारण गरेको छ । जस अनुसार एक जना उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा बढीमा रु. ४,०००००।– (अक्षरेपी चार लाख) सम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved