अकुत सम्पत्ति आर्जन मुद्दामा चुडामणि शर्मा ४५ लाख धरौटीमा रिहा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 04, 2018 | 06:02:20 PM मा प्रकाशित

laxmi  sunrise bank

भ्रष्टाचार मुद्दा खेपिरहेका राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा दोस्रो भ्रष्टाचार मुद्दामा ४५ लाख धरौटीमा रिहा भएका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको थियो ।   

४ करोड २९ लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेका शर्मा ४५ लाख धरौटीमा रिहा भएका हुन। शर्माले नेपाल इन्भेष्टमेन्ट बैंकको बैंक ग्यारेन्टीमा सो रकम बुझाएका हुन। 

अख्तियारले दायर गरेको अकुत सम्पत्ति मुद्दामा शर्मा आइतबारै अदालतमा उपस्थित भएका थिए । विशेषका न्यायाधीशद्वय द्वारिकामान जोशी र चण्डीकाराज ढकालको इजलासले शर्मासँग ४५ लाख धरौटी मागको आदेश दिएको हो । 

यसअघि कर फछ्र्योट आयोगको सदस्यसचिव रहँदा १ अर्ब राजश्व हिनामिना गरेको अभियोगसहित अख्तियारले अर्को मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा पनि अदालतले मागेको १ करोड रुपैयाँ धरौटी रकम बुझाएर शर्मा अदालती तारेखमा छन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved