पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज नेपाल आउदै, यस्तो छ कार्यक्रम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2018 | 08:33:04 AM मा प्रकाशित

laxmi  sunrise bank

 इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र द्विपक्षीय चासोका विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको छ। साथै उनले आज प्रधानमन्त्री अब्बासीको सम्मानमा  रात्रिभोजको आयोजना गर्ने छन् । 


भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भोलि मंगलबार शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved