कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सम्पन्न

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 05, 2018 | 10:33:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सम्पन्न भएको छ। आज (सोमबार) बिहान १० बजेबाट सुरु भएको मतदानमा ६३ मत नै खसेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले मतदानको नतिजा १ बजेसम्म सार्वजनीक गर्ने तयारि गरेको छ। कांग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि दलको नेता चयनका लागि मतदान भएको हो। दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंह प्रतिस्पर्धामा छन।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । पार्टीको संसदीय दलको परिमार्जित विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुनेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved