३ नम्बर प्रदेशको राजधानी विवेक पुर्याएर तोकिन्छ: मन्त्री ढुंगेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2018 | 10:41:37 AM मा प्रकाशित

laxmi  sunrise bank

तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशको राधानीका विषयमा प्रदेश सरकारले विवेकपूर्ण निर्णय गर्ने बताएका छन् । प्रदेशको स्थायी राजधानी तोक्दा प्रदेश सभाले त्यसको विवेकपूर्ण निर्णय गर्ने उनको भनाई छ । ‘तत्कालीन सरकारले अस्थायी राजधानी तोक्दा विवेकपूर्ण निर्णय गरेन । त्यसैले राजधानीको विषयमा धेरै विवाद आएको छ । संविधानतः राधानी तोक्ने जिम्मा प्रदेशसभाको भएकोले प्रदेश सभाले विवेक पु¥याएर निर्णय गर्छ ।’ उनले भने,’ राजधानी तोक्न दुई तिहाई बहुमत हामीसँग छ । त्यसैले विवेकपूर्ण निर्णय हुन्छ ।’

मन्त्री भएपछि गृह जिल्ला रामेछाप पुगेका ढुङ्गेलले प्रेस चौतारी नेपाल रामेछाप शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवाले माटो नछोएसम्म देशको समृद्धि नहुने बताए । उनले भने, ‘अब अरब र कतार दौडिएर देशको समृद्धि हुँदैन । युवाले देशमा नै बसेर देशको माटोमा आधारित पेशा गर्नु पर्छ । सो कार्य गर्न सरकारले सबै किसिमका सहयोग गर्छ ।’ 

अबको सरकारको पहिलो प्राथमिकता आर्थिक समृद्धि र सुशासन भएको बताउँदै उनले स्रोतसाधनको व्यवस्थापन हुन नसक्दा देशको प्रगति हुन नसकेकोले अब कुनै पनि खालका ढिलासुस्ति र सुशासन विरुद्धका काम सहृय नहुने बताए । 

उनले ५ वर्ष भित्र प्रदेश ३ का सबै गाउँपालिकाका केन्द्रसम्म पक्कि बाटो पुग्ने र सुक्खाग्रस्त क्षेत्रमा लिफ्ट खानेपानी र पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गरिने बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved