सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 05, 2018 | 10:45:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन। कांग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन मार्फत संसदीय दलको नेता चयन गरिएको हो। 

सभापति देउवाको पक्षमा ४४ मत खसेको थियो भने संसदीय दलको नेताका आंकाक्षी केन्द्रीय सदस्य प्रकाशमान सिंहको पक्षमा १९ मत खसेको छ। आज (सोमबार) बिहान १० बजेबाट सुरु भएको मतदानमा ६३ मत नै खसेको थियो। 

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । पार्टीको संसदीय दलको परिमार्जित विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुनेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved