नेपाल आईपुगे पाकिस्तानी प्रधानमन्त्री अब्बासी, अर्थमन्त्री खतिवडाले गरे स्वागत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2018 | 02:19:20 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी नेपालको दुईदिने भ्रमणका लागि काठमाडौं आईपुगेका छन् । उनी अपरान्ह ३ः३० बजे  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । 

 प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिन नेपाल आएको  भनीएपनि अब्बासीको भ्रमणले क्षेत्रीय राजनीतिमा नयाँ तरंग उत्पन्न गरेको छ। सामान्यतया नेपालमा प्रधानमन्त्री नियुक्त भएसंगै औपचारिक विदेश भ्रमण भारत हुने गरेको छ। तर सबैभन्दा पहिले बधाई तथा शुभकामना पनि भारतले नै दिने गरेको छ। तर यस पटक भने पाकिस्तानले 'एक कदम' अगाडी बढेर नेपालसंगको सम्बन्धलाई थप प्रगाढ बनाउन खोजेको देखिन्छ। 

अब्बासीको नेपाल भ्रमणले क्षेत्रीय राजनितीको बिगतको परम्परा मात्र तोडेको छैन। यस पटक नेपालले उच्चस्तरीय पाहुनालाई स्वागत गर्ने परम्परालाई समेत तोडेको छ। 

आज (सोमबार) नेपाल आउन लागेका प्रधानमन्त्री अब्बासीलाई त्रिभुवन विमानस्थलमै ‘गार्ड अफ अनर’ दिने पुरानो प्रचलन तोडेर आज सैनिक मञ्च टुँडीखेलमा दिइनेछ। यससंगै नेपालले आफ्ना छिमेकीहरुसंगको सम्बन्धलाई नयाँ ढंगले अगाडी लैजान तयार रहेको संदेश दिएको छ। 

सतहमा औपचारिक भ्रमणको मात्र 'ट्याग' लगाईएपनि अब्बासीको भ्रमणलाई धेरै अर्थबाट व्याख्या गरिएको छ। अब्बासीको भ्रमणलाई भ्रमणलाई आकस्मिक भनिए पनि त्यसको तयारी केही अघिदेखि नै भएको एक परराष्ट्र अधिकारीले बिजपाटिलाई बताएका छन। उनका अनुसार पाकिस्तानले यस्तो भ्रमण पहिलेदेखि नै चाहेपनि नेपालका पुर्वप्रधानमन्त्रीले त्यसको चाँजोपांजो मिलाउन सकेका थिएन्। तर प्रधामन्त्री ओलीले पहिलोपटक यस्तो संयोग जुराएका हुन।

प्रधानमन्त्री अब्बासीले  राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कुरा परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने छन।भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नेछन।

नेपाल भ्रमणको रहस्य 

पाकिस्तानका प्रधानमन्त्री अब्बासीले अनिश्चित बनेको १९ औं सार्क सम्मेलनको आयोजनाको निश्चितता गर्ने बताइएको छ। भारत र पाकिस्तानको टकराबका कारण स्थगित १९ औं सार्क सम्मेलनको नयाँ मिति तोक्न अब्बासीले ओली समक्ष प्रस्ताब राख्नेछन। 

सार्क सम्मेलनको अध्यक्षको रुपमा रहेकाले पनि स्थगित सम्मेलनको नयाँ मिति तोक्न नेपालको बढी जिम्मेवार हुनुपर्नेछ। भारतसंगको सम्बन्धमा कठोर मानिएका प्रधानमन्त्री अब्बासीले सम्भवत ओलीबाट सार्क सम्मेलनको नयाँ मिति घोषणा गराउनेछन।

२०७१ मंसिरमा काठमाडौंमा आयोजना भएको १८ औं शिखर सम्मेलनपछि सार्कको बैठक हुन सकेको छैन। सार्क सम्मेलन हुन नसक्नुलाई भारतले आफ्नो जितको रुपमा लिएपनि नेपाल लगायतका अन्य राष्ट्रहरुलाई भने नोक्सानी नै रहेको छ।   

पाकिस्तानी कार्डको प्रयोग

नेपालको संबिधान घोषणालाई लिएर बिग्रिएको सम्बन्धलाई सुधार्न भारतले पुरै प्रयास गरेपनि चीनले त्यसको फाइदा उठाउन कुनै कसर बाँकी नराखेको परराष्ट्र विदहरु बताउछन। नाकाबन्दिको कारण भारतसंग बिग्रिएको 'सेन्टिमेन्ट' लाई उपयोग गर्दै चीनले पाकिस्तानी कार्डको प्रयोग गरेको उनीहरुको भनाई छ। 

नेपाल र पाकिस्तानबीचको सम्बन्ध कहिल्यै नराम्रो नभएपनि त्यति राम्रो पनि हुन नसकेको बुझाई छ। नेपालमा राजतन्त्र हुँदा पाकिस्तानमा सैनिक शासन थियो, त्यै पनि दुवै देशबीचको सम्बन्ध सामान्य नै थियो। तर बिशेष गरि सार्क राष्ट्रमा भारत हाबी हुँदै जाँदा चीनले पाकिस्तानलाई एक कदम अगाडी बढेर क्षेत्रीय राजनीतिलाई चुस्त बनाउन लागिपरेको परराष्ट्र विदहरु बताउछन।

बिप्पा सम्झौता 

पाकिस्तानले द्विपक्षीय लगानी सम्वर्ध्दन तथा प्रवर्ध्दन सम्झौता (बीप्पा)मा हस्ताक्षर गर्न नेपालसँग पुन अनुरोध गर्ने बताइएको छ। त्यस्तै २०७३. १२. २४ मा नेपालबाट बेपत्ता भएका पाकिस्तानी सेनाका कर्णेल मुहम्मद हबिब जाहिरको बिषयमा चासो राख्नेछन।

भ्रमणलाई शंकाको दृष्टिले हेरिनु हुँदैन

अब्बासीको भ्रमणलाई भारतले शंकाको दृष्टिले हरेको छ भने चीनले खुसी भावले हरेको छ। चीन पाकिस्तानको निकै विश्वासिलो छिमेकीका साथै व्यावसायिक साझेदार मानिन्छ । भारतसँग सम्बन्ध खराब रहे पनि सार्कको पर्यवेक्षक मुलुक चीनसँग पाकिस्तानको निकै राम्रो सम्बन्ध छ।

पाकिस्तानसंगको सम्बन्ध एक तहमा निरन्तर चलिरहेको र सम्बन्धलाई सुमधुर राख्नैका लागि पनि नेपालले बढी शंका गर्नु नहुने परराष्ट्र विदहरुको भनाई छ। पाकिस्तानको सदासयतालाई सम्मान गर्नुपर्ने उनीहरुको भनाई छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved