ओली सरकारमा सहभागी हुने संघीय समाजवादी फोरमको निर्णय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 06, 2018 | 09:38:02 AM मा प्रकाशित

laxmi  sunrise bank

संघीय समाजवादी फोरमले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। आज (मंगलबार) बिहान बसेको पार्टीको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। 

फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारमा सहभागी हुने निर्णय भएको र मन्त्रालयका बारेमा एमाले र माओवादीसँग आजै छलफल हुने बताए। बैठकमा अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुनेबारे भइरहेका वार्ताको ब्रिफिङ गरेका थिए।

सरकारमा जान सहमत भएको ८ दिनपछि फोरमले औपचारिक निर्णय गरेको हो। बाम गठबन्धनसंगको सहमति अनुसार दुई मन्त्रालय फोरमले पाउने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved