पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फिर्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 06, 2018 | 10:50:40 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई दिने नेपाल भ्रमण सकेर पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी स्वदेश फर्किएका छन् । 

स्वदेश फर्किनु अघि प्रधानमन्त्री अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । उनले हिजो प्रधानमन्त्री केपि शर्मा ओलीसँग भेट गरी निर्वाचनमा विजय हासिल गरेकोमा र प्रधानमन्त्री भएकोमा बधाई दिएका थिए । 

सोमबार काठमाडौं आईपुगेका अब्बासीलाई  सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो । 

अब्बासीलाई स्वागत गर्न हिजो त्रिभुवन विमानस्थल पुगेका अर्थमन्त्री डा. युवराज खतिवडा विदाइ गर्न पनि विमानस्थलसम्म पुगेका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved