विद्या भण्डारीलाई राष्ट्रपति दोहोर्याउने एमाले निर्णय, मध्यरातमा यस्तो भयो बालुवाटारमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 07, 2018 | 07:33:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मध्यराति बसेको एमाले स्थायी कमिटिको बैठकले राष्ट्रपतिको उम्मेदवार बिद्यादेवी भण्डारीलाई बनाउने निर्णय गरेको हो ।   

साँझ अबेर गरि बसेको बैठकमा राष्ट्रपतिका विभिन्न आकांक्षीको नाममा चर्चा भए पनि अन्तिममा विद्यालाई नै निरन्तरता दिने निर्णयमा एमाले पुगेको हो । 

बैठकपछी प्रतिक्रिया दिंदै एमालेका उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटीले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय गरेको पत्रकारहरुलाई जानकारी दिए । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा रहेको संघीय संसद्को ठूलो दल एमालेका उम्मेदवारले सजिलै विजयी हुने अवस्था छ । उपराष्ट्रपतिमा माओवादी केन्द्रले उम्मेदवार तोक्नेछ ।

एमालेबाट विद्यासँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितको नाम राष्ट्रपतिका लागि चर्चामा थियो । पूर्वसभामुख सुवास नेम्बाङको नामबारे पनि बैठकमा छलफल भएको थियो ।

राष्ट्रपतिको निर्वाचन प्रक्रिया यही फागुन २३ बाट सुरु भएर २९ गते टुंगिदैछ। आजै दिउँसो राष्ट्रपतिका उम्मेदवारको मनोनयन हुँदैछ । २९ गते निर्वाचनमार्फत देशको तेस्रो राष्ट्रपति चुनिँदैछ।

एमालेका उम्मेदवारसँग भिड्न नेपाली कांग्रेसले मानबहादुर विश्वकर्मालाई उठाउने तयारी गरेको छ। यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार आज ३ बजेसम्म मनोनयन गर्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved