अर्थमन्त्री खतिवडाले फेरी भने, शेयरबजारलाई अनुत्पादक क्षेत्र भनेकै छैन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 07, 2018 | 04:08:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री ड़ा युवराज खतिवडाले आफुले कहीं कतै शेयरबजार अनुत्पादक हो नभनेको स्पष्ट पारेका छन। अर्थमन्त्रालयमा आयोजित बजेटको मध्यावधि समिक्षा कार्यक्रममा पत्रकारको जिज्ञासालाई सम्बोधन गर्ने क्रममा ड़ा खतिवडाले शेयरबजार अनुत्पादन क्षेत्र नभनेको स्पष्ट पारे।

 फागुन १६ गते बिबिसी नेपाली सेवासंगको कुराकानीमा डा खतिवडाबाट शेयरबजार अनुत्पादक क्षेत्र हो भन्ने आशयको अभिव्यक्ति सार्वजनिक भएपछी त्यसको पहिलो दिनको कारोबारमा नै नेप्से परिसूचक ४१ अंकले ओरालो लागेको थियो। 

बाम गठबन्धनको स्थिर सरकार बनेपछि शेयरबजार उकालो लाग्ने आशामा बसेका लगानीकर्ताहरुको मनोबल ड़ा खतिवडाको भनाईले कम्जोर बनाएपछि नेप्से लगातार घट्ने क्रममा पुगेको थियो। तर गोरखापत्रसंगको कुराकानीमा आफुले शेयरबजारलाई अनुत्पादक नभनेको प्रतिक्रिया दिएपछि त्यसयता बजार केहि सम्हालिएको छ। 

यद्दपी ड़ा खतिवडाले बिबिसी सेवासंगको कुराकानीमा विदेशबाट ल्याएको लगानी शेयर बजार, घरजग्गा जस्ता क्षेत्रहरुमा नभई रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी गर्नु पर्ने बताएका थिए। त्यसको अपव्याख्या गरि शेयरबजारमा केहि 'गिरोह' ले चलखेल गरेको शेयर विश्लेषकहरुको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved