यो बर्ष करिब २ खर्ब बजेट खर्च हुन सक्दैन: अर्थमन्त्री

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 07, 2018 | 06:27:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले यो बर्ष करिब २ खर्ब खर्च गर्न नसक्ने भएको छ। बुधबार अर्थमन्त्रालयमा आयोजित बजेटको मध्यावधि समिक्षा कार्यक्रममा बोल्दै ड़ा खतिवडाले सरकारले यो बर्ष १ खर्ब ७९ अर्ब रुपैयाँ गर्न गर्न नसक्ने बताएका हुन। 

ड़ा खतिवडाका अनुसार सरकारले यो बर्ष बजेटको ८७.६७ प्रतिशत मात्रै बजेट खर्च गर्न सक्नेछ। देउवा नेतृत्त्वको सरकारले चालु आर्थिक बर्षका लागि १२ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो। तर यस मध्ये हालै बनेको बाम सरकारका अर्थमन्त्री खतिवडाले बजेटको समिक्षा गर्दै १० अर्ब ८२ करोड मात्र खर्च गर्न सकिने बताएका हुन। 

सरकारले ठुलो आकारको बजेट ल्याएपनि खर्च गर्न नसक्दा भएको बजेट पनि खर्च हुन नसकेको हो। सरकारले समयमै खर्च गर्न नसक्दा त्यसले समग्र अर्थतन्त्रनै प्रभावित भएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved