आज १ सय ८ औं अन्तराष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरी मनाईदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 08, 2018 | 08:50:46 AM मा प्रकाशित

laxmi  sunrise bank


आज १ सय ८ औं अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाईदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन मनाईने अन्तराष्ट्रिय महिला दिवसको यस वर्षको नारा “आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण्ण” भन्ने तय गरिएको छ । 

्आज महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले ¥याली, गोष्ठी तथा विभिन्न कार्यक्रम  गर्दछन् । 

नारी मुक्ति अभियानकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदार माथीको शोषणका विरुद्ध आवाज सुरु गरेको दिनको सम्झनामा महिला दिवस मनाउने गरिन्छ ।

सन् १९०६ मा जर्मनीको स्टुटगार्डमा महिलाहरुले पहिलो पटक अन्तराष्ट्रिय श्रमिक महिला सम्मेलन समेत गरेका थिए । 

सन् १९१० मा डेनमार्कको कोपनहेगनमा दोस्रो अन्तराष्ट्रिय श्रमिक सम्मेलन सम्पन्न भयो । त्यसपछि सन् १९११ मा प्रथम श्रमिक महिला दिवस र त्यसपछिका वर्षहरुमा अन्तर्रा्ष्ट्रिय महिला दिवस प्रत्येक राष्ट्रमा मनाउन थालिएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved