इपीसएस परीक्षाको आवेदन चैत्र ८ देखि खुल्ने, हेर्नुस कहाँ गएर कसरी भर्ने, के के चाहिन्छ कागजात

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2018 | 09:32:34 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरियामा रोजगारीका लागि जान चाहनेका लागि चैतमा परीक्षा आवेदन खुल्ने भएको छ   इम्प्लोयमेन्ट परमिट सिस्टम (इपीसएस) परीक्षाको आवेदन चैत्र ८ देखि १७ गतेसम्म खुल्ने भएको हो  ।

वैदेशिक रोजगार विभागको ईपिएस कोरिया शाखाले सूचना प्रकाशित गरी  १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो । इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन् ।   

कोरियाले यसपटक कुल ७ हजार १०० जना उत्तीर्ण गर्ने  बताइको छ । जसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ ।

परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ । तर पोखरामा भने १२ हजार जनाले मात्र परीक्षा दिन पाउनेछन् । अर्थात्  आवेदन संख्या १२ हजार भएपछि त्यहाँबाट आवेदन द्बन्द गरिने छ ।सहभागी ले पहिले नै आफुले परीक्षा दिने केन्द्र रोज्नु पर्ने छ  परीक्षा जेठ २६ र २७ गते तय भएको छ । 

परिक्षाका लागि २४ डलर शुल्क लाग्ने वताइएको छ । परिक्षा स्थल जेठ १८ मा जानकारी गराइने वताइएको छ । भाषा परिक्षाको नतिजा आषाढ १६ मा प्रकाशित हुनेछ । वस्तुगत प्रश्नहरुको लागि कुल पुर्णाङक २०० रहेको छ भने पढाई र सुनाइका लागि २५÷२५ प्रश्न सोधिने छ । परिक्षाका लागि पढाईलाई ४० मिनेट र सुनाइलाई ३० मिनेट निर्धारण गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved